निशुल्क शिबिरमा १८ जनाको शल्यक्रिया

निशुल्क शिबिरमा  १८ जनाको शल्यक्रिया

रोङ : इलामको रोङ गाउपालिकामा संचालित निशुल्क आँखा शिबिरमा १८ जना मोतियाबिन्दुको रोगीको निशुल्क शल्यक्रिया भएको छ ।
रोङ गाउपालिकाले गत चैत्र २१ गतेबाट बैशाख ५ गते सम्म हरेक वडामा एकिकृत घुम्ति शिबिर संचालन गरेर छनौट भएर आएका ७२ जना मोतिया बिन्दुका रोगीहरुलाइ केन्द्रित गरेर नेपाल नेत्र ज्योति संघ जेष्ट नागरिक समाज र रोङ गाउपालिकाको ब्यवस्थापन इलाकको आयोजना बिराटनगर आखा अस्पतालको प्राबिधिक सहयोगमा निशुल्क शिविर संचालन गरिएको हो ।

शिबिरमा आएका अन्य ३ जनाको स्वास्थ्यमा समस्या रहेकोले शल्यकृया हुन सकेन । छनौट भएका ७२ जना सबै रोगी किन आएनन् भनने जिज्ञासामा प्रचारप्रसारको कमी, शिबिरप्रतिको बिश्वसनियता, भौगोलिक बिकटता सगै कतिपयले त रोगको पहिचान हुनसाथ अस्पताल गएर तुरुन्तै उपचार गरेको हुनसक्ने नेपाल नेत्र ज्योति संघ इलामका सचिव प्रकास भट्टराईले बताए ।
यस अघिपनि इलाम अस्पतालमा बैशाख ५, ६ र ७ गते चलेको शिबिरमा १ सय १६ जनाको निशुल्क शलयक्रिया गरिएको थियो । शिबिरमाबिराटनगर आखा अस्पातलका डा दामन पृत र सिकेन्द्र ठाकुर सहितको टोलीले प्राबिधिक सेवा दिनु भएको थियो । बिरामीलाइ शिबिरमा खाना बस्न , औषधी, अप्रेसन पूर्ण निशुल्क रहेको थियो । आफुहरुले गाउमानै निशुल्क सेवा पाएकोमा खुसी लागेको मोतिबिन्दुका शल्यक्रिया गरिएका रोङ ६ का ८० बर्षिय बृद्ध सेर बहादुर घिमिरेले बताए ।