बिकासकै काम सर्वसाधारणका लागि जोखीम

Mukya Samachar अपराध समाज
गोबिन्द पौडेल,रोङ:
मानिसकै लागि निमार्ण गरिएको कतिपय बिकासे कार्यहरु मानिसकै लागि पासो बन्ने गरेका छन् ।
 दुर्घटना निर्मुल पार्न  नसकेपनि घटाउन सकिन्छ तर सरोकारवला र जिम्बेवार पक्षले यसकोबारेमा ध्यान नदिदा कतिपय बिकासले बिनास समेत हुने गरेको छ । गत सातामात्रै सूर्योदय  नगरपालिका वडा नं ६ तारगाउमा सामान्य साबधानी नअपनाउदा बाटो निमार्णको क्रममा एक वालकको मृत्यु भएको गतिलो उदाहरण बनेको थियो ।
  इलामको ग्रामिण क्षेत्रहरुमा बिगतमा गाडीएको बिजुलीको काठेपोलहरु समेत अहिले आएर बिकासे पासोको रुपमा रहेको छ । सुयोदयन गरपालिका वडा नं ६ तारगाउको पुरानो स्कुल डाडा नजिकै मुलसडक छेउमानै रहेको एउटा बिजुलीको पोल लडेर खनिउको रुखमा अड्किएको  महिनौ भयो तर यसको बारेमा कसैले चासो दिएका छैनन्। दिनहु सैयौ मानिस हरुको ओहोर दोहोर हुने सो स्थान मात्र हैन तारगाउकै माथिल्लो गोलाइमा रहेको पोल धुप्किो बोटमा अड्किएको छ तर यसको मर्मत गर्न बिद्युत प्राधिकरणले चासो नदिदा उक्त पोलहरु पासोको रुपमा परिणत हुदैछ । यी पोलहरुको बारेमा स्थानिय नागरिकहरुले नेपाल बिद्युत प्राधिकरणलाइ जानकारी गराइएपनि अहिलेसम्म केही नभएको स्थानिय बासीहरुको भनाइ रहेको छ । यी त देखिने उदाहरण मात्रै हो यस्ता काठेपोल र लाथ्रोहरु इलामको गाउगाउमा सयौको संख्यामा रहेको छ । कतिपय स्थानमा त रुखमानै तार बिस्तार गरेर पनि बिजुली बालिदै गरेको दृश्हरु देख्न पाइन्छ । अहिलेसम्म यस्ता जोखिम बिकास न त जनप्रतिनिधिहरु न त प्रधिकरणलेनै देखेका छन् । यस समस्याको बारेमा नेपाल बिद्युत प्राधिकरण फिक्कलमा सम्पर्क गर्दा प्राधिकरणले आवश्यक्ताअनुसार हेर्ने र फेर्ने गरेको प्राबिधिक प्रमुख बिबेक देबले बताए । यो समस्याको बारेमा प्राधिकरण हेरिसकेको यस्ता जिर्ण पोलहरुको फोटो र स्थानिय निकायको सिफारीस आएमा तुरुन्तै काम गर्ने बताए । स्थानिय बासीहरुले भने प्राधिकरणले शुल्क लिनमात्रै हैन बिद्युत बिस्तार र बितरण गरिएको स्थानहरुमा नियमित अवलोकन गरेर आवश्यक मर्मत गरेमा जोखिमको न्युनिकरण हुने बताउछन् ।

Leave a Reply

Your email address will not be published.