महराको समाचार लेख्ने पत्रकारलाई सुरक्षा थ्रेट, कानुनी कारबाहीको माग

Mukya Samachar

काठमाडौं : अनलाइन पत्रकार संघले तत्कालिन सभामुख कृष्णबहादुर महराको समाचारको विषयलाई लिएर हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई आएको सुरक्षा थ्रेट प्रति ध्यानाकर्षण जनाएको छ ।

संघका अध्यक्ष शिवप्रसाद सत्यालले विज्ञप्ति जारी गरि प्रकाशित समाचारप्रति गुनासो वा असहमति भए त्यस उपर बैधानिक बाटो रोज्ने विकल्प हुँदाहुँदै गुण्डाराज शैलीमा सुरक्षा थ्रेट दिनु अशोभनीय कार्य र आफैंमा निन्दनीय रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,’समाचारको बिषयलाई लिएर पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतिवरोधी कार्य हो । यस्ता कार्यको अनलाइन पत्रकार संघ कडा रुपमा निन्दा गर्दछ । यस बिषयमा तत्काल कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भिर बन्न सम्बन्धित निकाय संग  अनलाइन पत्रकार संघ जोडदार माग गर्दछौ ।’ 

Leave a Reply

Your email address will not be published.