भारतीय चिया मजदुरको बन्दको मारमा दशै मनाउन घर फिर्ने नेपाली

Mukya Samachar

सुकिया पोखरी : भारतीय चिया मजदुरले भारतमा यातायत बन्द गराए पछि दशै मनाउन घर फिर्ने हजारौ नेपाली भारतका बिभिन्न स्थानमा अलपत्र परेका छन् ।
भारतको दार्जिलिड, मिरिक सुकीया पोखरी लगायतका चिया मजदुरले चिया कारखानाले दशैको समयमा समेत आफुहरुको पारिश्रमीक र दशै बोनस नदिएको भन्दै आज बिहानैबाट सडक जाम गराए पछि दशै मनाउन घर फिर्ने हजारौ नेपाली दार्जिलिड, मिरिक सुकिया पोखरी लगायतका स्थानमा अलपत्र परेका हुन । लामो समयको कामको थकान पछि दशै मनाउन घरायसी सरसामान बोकेर घर फर्कीएका नेपालीहरु बाटैमा अलपत्र परेपछि दशै खाल्लो हुने भएको छ । नेपालका बिभिन्न स्थानका उनीहरु बन्दका कारण समयमा घर पुग्न कठिन हुने बताउछन ।
दशैको मुखमा गरिएको बन्दको मारमा हजारौ नेपाली र नेपालभाषाीहरु प्रिरहदा पनि बेष्ट बंगाल सरकार मौन बसेको छ । भारतका बिभिन्न स्थानमा आईटी क्षेत्र देखि , सुरक्षा गार्ड, मजदुरका रुपमा काम गर्न नेपालीहरु भारत जाने गरेका छन । यसरी भारत पसेकाहरुले खाडी मुलुकमा भन्दा राम्रो कमाई गर्ने गरेको बताउछन ।

Leave a Reply

Your email address will not be published.