इलाममा ‘इष्ट टुरिज्म फेस्टिभल ’ हुने

Mukya Samachar

इलाम: ‘भिजिट नेपाल २०२०’ को सन्दर्भ र अवसर पारेर इलाम नगरपालिकाले आगामी चैत ३० देखि बैशाख २ गतेसम्म इलाममा तीन दिने ‘इष्ट टुरिज्म फेस्टिभल २०२०’ सञ्चालन गर्ने भएको छ । पर्यटनको सम्भावना बोकेको इलामम पर्यटन वर्षको अवसरमा प्रचारप्रसारमार्पmत पर्यटकको आकर्षण थप्न प्रदेश नम्बर १ को आकर्षक कार्यक्रमको रुपमा इलाममा फेस्टिभल आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा नगरप्रमुख महेश बस्नेतले कार्यपालिकाको बैठकबाट फेस्टिभल आयोजना गर्ने निर्णय भएको जानकारी दिएका हुन् । सोमबार नै बसेको कार्यपालिकाको बैठकबाट फेस्टिभलका लागि १० लाख रुपैयाँ बिनियोजन गर्ने पनि निर्णय भएको उनले बताए ।
फेस्टिभललाई सफलतापूर्वक सञ्चालन गर्न उपप्रमुख शुशिला नेम्बाङको संयोजकत्वमा ५१ सदस्यीय इष्ट टुरिज्म फेस्टिभल २०२० आयोजक मूल समिति गठन गरिएको तथा १५ सदस्यीय सचिवालय समिति र कार्य विभाजनका लागि अन्य उपसमितिहरु पनि बनाइने प्रमुख बस्नेतको भनाई थियो । मूल समितिमा कार्यपालिकाका सदस्यहरु, वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधीहरु, प्रमुख प्रशासकीय अधिकृत, नगरपालिका अन्तर्गतका सातवटा समिति, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधी, इलाम उद्योग वाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, होटल ब्यवसायी संघ, भिजिट नेपाल २०२० को सञ्चालक समितिका प्रदेशस्तरीय सदस्यहरु, इलामका एफएम रेडियोहरु, नेपाल आदिबासी जनजाति महासंघ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन लगायतका ब्यक्ति र संघसंस्थाहरुको प्रतिनिधित्व रहेको जनाइएको छ ।
फेस्टिभलका लागि नगरपालिकाबाट बिनियोजित १० लाख अपुग हुने भएकोले संघीय सरकार, प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, भिजिट नेपाल २०२० को सचिवालय, विभिन्न प्रदेशस्तरीय पर्यटनसम्बन्धी कार्यक्रम, बैङ्क तथा बित्तीय संस्थामा आर्थिक स्रोतका लागि आग्रहसहित प्रस्ताव पेश गर्ने प्रमुख बस्नेतको भनाई छ । त्यसका लागि फेस्टिभलको पूर्ण कार्यक्रम तयार गर्ने, अनुमानित बजेट योजना तयार गर्ने काम सचिवालय समितिबाट हुने उनले बताए । कार्यक्रम सफल पार्नका लागि भिजिट नेपालको केन्द्रीय समितिसँग समन्वय गर्न नगरपालिकामा पनि समन्वय समिति बनाउन लागिएको उनले थपे । सन्दकपुर

Leave a Reply

Your email address will not be published.