फाकफोकथुमको दोकानडाँडामा सांस्कृतिक कार्यक्रम हुने

Mukya Samachar

फाकफोकथुम : फाकफोकथुम-७ एकतप्पा स्थित दोकानडाँडामा कार्तिक १२ गते कार्यक्रम गर्नका लागि आयोजक समिती गठन भएको छ । वडाध्यक्ष लोकबहादुर थापाको अध्यक्षता भएको बैठकले प्रकाश परियारको अध्यक्षतामा ५१ सदस्यीय सतिमी बनेको हो ।

शुभदिपावली विशेष दुतिया बजार आयोजक समितिमा अध्यक्ष प्रकाश परियार, उपाध्यक्ष हर्क धमला र सुमन श्रेष्ठ, सचिव सुमन दियाली, सहसचिव दिपेश योङहाङ र मनकुमार श्रेष्ठ, कोसाध्यक्ष लता श्रेष्ठ सदस्यहरु रामजी कोइराला, भिम निरौला, नेत्र कोइराला, होम लाया, नारायण श्रेष्ठ, दिनेश लिम्बु, खगेन्द्र लाया, तारा आले, कृतिराज आले, मबकुमार लिम्बू, मणि लिम्बू, रमेश दियाली, रत्न कोइराला, गिरिराज लिम्बू, सुसन लिम्बू, विक्रम बुढाथोकि, पुस्पा भुजेल, विष्णुलाल खनाल, निमेष कोइराला, बुद्दिमान तामाङ, प्रदिप राइ, हाइलन राई, भुपाल लिम्बू, धन बहादुर राई, कण मगर, छत्र कोइराला, छत्र दर्नाल, मनकुमार श्रेष्ठ(ख), टेक बहादुर दियाली, दिलेन्द्र लिम्बू, खेम बस्नेत, गणेश मगर, बिनोद मगर, तुलसी खनाल, हरि आले, सुरेन मगर, समीर लिम्बू, नारायण डागि, वेदप्रसाद कोइराला रहेका छ्न ।
यश बर्श कार्यक्रम राष्ट्रिय कलाकारहरुको उपस्थितमा बृहत सांस्कृतिक कार्यक्रम, गायन तथा नृत्य प्रतियोगिता, लोकदोहरी प्रतियोगिता, बाइक स्लोरेस, भाले झिक्ने, म्युजिकल चियर, श्रीमान-श्रीमती नृत्य प्रतियोगिता, छेलो हान्ने, ४० माथिको दाैड लगायकका कार्यक्रम हुने भएको छ । बजार विगत १०० बर्श अघि देखि यश दोकानडाँडा बजारमा निरन्तर लाग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.