इलामका भेन चालक मेची राजमार्ग मर्मतमा जुटे

इलामका भेन चालक मेची राजमार्ग मर्मतमा जुटे

इलाम:
मेची राजमार्ग सडक खण्ड अन्तर्गत इलाम नगरपालिका वडा नं ५ र ६ को सिमाना चुरेघाँटीमा विग्रिएको सडक इलामका भेनका चालकहरुले मर्मत गरेका छन ।

मुख्य राजमार्ग भत्कीदा पनि सरोकारवाला निकायले विग्रिएको राजमार्ग समेत मर्मत नगरे पछि उनीहरुले आफै मर्मत गरेका हुन । खाल्डाखुल्डीका कारण आफ्नो सवारीमा पटक पटक टुटफुट आएको भन्दै केही दिन अघि पनि इलाम नगरपालिका नारायणस्थानमा समेत चालकहरुले वाटो मर्मत गरेका थिए ।
तस्विरः कृष्ण पौडेलको फेसबुकबाट