व्याटमिण्टन कोर्ड निर्माणका लागि देउसी

Mukya Samachar

इलाम:
इलाम नगरपालिका वडा नंम्बर ६ को शिखर नगर युवा समुहले वडामा व्याटमिण्टन कोर्ड निर्माणका लागि देउसी खेल्ने तयारी गरेको छ ।
खेल मैदानकाको अभावका कारण निजी जग्गा लिजमा लिई व्याटमिण्टन कोर्ड निर्माणका लागि देउसी खेलेर रकम जम्मा गर्न लागेको हो ।उक्त वडाका सुरेन वान्तवाले प्रदान गर्नु भएको ४ आना जग्गामा केही जग्गा थप थपरे लिजमा लिनु पर्ने वाध्यताका कारण आर्थिक संकलन गर्नु परेको समुहल जनाएको छ । दशैको अवसरमा आयोजना गरिएको खुल्ला व्याटमिण्टन प्रतियोगिता तथा फुलपाति कार्यक्रमबाट संकलन भएको रकममा थप गरी काम गरिने छ । समुहले यस पटकको देउसीबाट केहि रकम संकलन गरि खेल मैदानको स्तरोन्नती गर्ने योजना बनाएको समुहका हेमराज ढकालले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published.