फिक्कल :गायक रगुन गुरुङको नयाँ गीत पर्यटकीय नगरी सूर्योदयन गरपालिकाको कन्याम लगायतका स्थानमा छायाङ्कन गरिएको छ ।
प्रियता एल्वममा समेटिएको गीत गोरिमा गोरि कस्की हौ छोरी चिटिक्क परेकीको छायाङ्कन कन्याम ,सुन्दरपानी , काजीफाटक , सिम्पानी लगायतका स्थानमा गरिएको हो ।
रगुन गुरुङको रचना र स्वर रहेको गीतमा टिका सुब्बले सङ्गीत गर्नु भएको छ । गीतमा निमा घिसिङ , भुपेन राईले मोडलिङ गरेका छन् । म्याक्स बायुङ राईले गीतको निर्देशन गर्नु भएको छ । सूर्योदयन गरपालिका स्थाई बसोबास गर्दै आउनु भएका गायक रगुन गुरुङका यस अघि पनि दर्जनौ गीत बजारमा आईसकेका छन् ।
रगुन गुरुङको ‘गोरिमा गोरि कस्की हौ छोरी’को छायाङ्कन सम्पन्न
