दार्जिलिङबाट केही सिक्ने कि ?

दार्जिलिङबाट केही सिक्ने कि ?


दार्जिलिङ टाढाको भूगोल होइन । बिरानो र पराई पनि होइन । दार्जिलिङ भन्नु नै नेपालभाषीको एउटा आफ्नो थातथलो हो ।दार्जिलिङमा बसोबास गर्ने नेपालभाषीको केही शैली अनुकरिणय छ । खासगरी जीवनशैली र सभ्यताको त्यो यस्तो नमुना हुनसक्छ, जसले हामीलाई केही सिक्न प्रेरित गर्छ । अंग्रेज शासकले छाडेर गएको सभ्यतालाई उनीहरुले आफ्नो जीवनशैलीसँग कसरी जोडेका छन् ? दार्जिलिङबाट सिक्न सकिन्छ ।

दार्जिलिङको आफ्नै समस्या छ । आफ्नै झमेला छ । तर, हामी त्यहाँको विसंगत पाटोलाई छाडेर स्थानियको जीवनशैलीबारे चर्चा गरौं ।तपाईं कुनै बस्तीमा पस्नुहोस् । चिया बगान ९उनीहरु कमान भन्छन्० मा स(सना घर भेटिनेछ । घरभित्र पस्नुहोस्, त्यहाँको साजसज्जाले तपाईं चकित बन्नुहुनेछ । घर ठूलो हुँदैन, कोठाहरु पर्याप्त हुँदैन । घरभित्रै शौचालयको व्यवस्था नहोला । घरभित्र त्यती महंगो र बिलासी सामाग्री पनि नहोला । थोरै र सामान्य सरसामग्रीलाई पनि एकदमै जतन र व्यवस्थित ढंगले राखिएको हुन्छ ।

पलङ, टेबल(कुर्सी, सोफा समूचित ढंगले सजाइएको हुन्छ । बेडकभर, झ्याल(ढोकाको पर्दामा सकेसम्म कलर कम्बिनेशन मिलाइएको हुन्छ । पुराना शैलीका चिजहरु ९टिभी, रेडियो, वाद्ययन्त्र आदि० फोहोरको डंगुमा मिसाउँदैनन्, चिरिच्याट्ट बनाएर सजाउँछन् ।

घरभित्र कुनैपनि यस्तो चिज हुँदैनन्, जो आनावश्यक लाग्छ । अर्थात घरभित्र राखिएका हरेक चिजको मूल्य र महत्व दर्शाउन सक्ने खास कला हुन्छ उनीहरुसँग ।उनीहरुसँग वासिङ मशिन नहोला, फ्रिज नहोला, भ्याकुम क्लिनर नहोला । तर, घरको कुनामा फोहोर लुगाफाटोको थुप्रो हुँदैन । घरमा फोहोरमैला हुँदैन । खानेकुरा अस्तव्यस्त हुँदैन । सीमित आयबाट उनीहरुले अति आवश्यक सामाग्री जोडेका हुन्छन् र त्यसलाई निकै जतनसाथ उपभोग गरिरहेका हुन्छन् ।

वस्तीका साना घरको मात्र कुरा होइन, अरु ठूला घररबंगलामा पनि उनीहरु व्यवस्थित ढंगले बसेका हुन्छन् । उनीहरुको घरभित्र आफ्नै सीप र पौरखको पनि झल्को पाइन्छ । रुखका जरा, बुट्यानलाई आफैले खिपेर सजाएका हुन्छन् ।

ढकमक्क फूलबारी

दार्जिलिङवासीको अलग विशेषता भनेको उनीहरुको फूल(प्रेम हो । फूलसँग उनीहरुको लोभलाग्दो घनिष्ठता पाइन्छ ।

अधिकांशले घर बनाउँदा बगैंचा वा फूलबारीको लागि ठाउँ छुट्याउँछन् । घरबाहिर आँगन, बार्दलीमा मौसमी फूलहरु ढकमक्क फूलाउँछन् । कतिसम्म भने, घरमै नर्सरी र ग्रीन हाउसको व्यवस्था गर्छन् । झट्ट हेर्दा व्यवसायिक हिसाबले फूलखेती गरेझै लाग्छ, यद्यपी उनीहरुले त्यसमा पैसा होइन सौख मात्र जोडेका हुन्छन् ।

कम आय भएपनि फूलको लागि गमला, प्लाष्टिक, बिउबिजन, मल खरिद गर्न कञ्जुस गर्दैनन् । फूलमा मन खोलेर लगानी गर्छन् ।

हामीकहाँ जस्तो नर्सरीबाट सोझै फूलेको फुलले घर(आँगन सजाउने गरिदैन । मासिक तलब दिएर फूल स्यहार्न मालीको व्यवस्था गरिदैन । उनीहरु आफै फूल रोप्छन्, फूलाउँछन्, बिउबिजन राख्छन् । कुन फूलको जात के हो, कसरी र कुन बेला फुल्छ, कति समय टिक्छ, त्यसको रंग र सुगन्ध कस्तो हुन्छ ? यावत् विषयमा उनीहरु जानकार हुन्छन् ।

फूलसँग एकाकार भएर हुनसक्छ, उनीहरु हँसिलो खुसिलो देखिन्छ ।

आत्मिय बोलीवचन

दार्जिलिङवासीको आफ्नै लवज र शैली छ, बोलीमा । कतिलाई उनीहरुको बोलीवचन अलि भिन्न लाग्न सक्छ । लेग्रो तानेर बोलिने उनीहरुको लवजमा आफ्नै मिठास पनि हुन्छ ।

दार्जिलिङवासीको बोलीवचन मर्यादा र सम्मान पनि घुलिएको पाइन्छ । तपाईं तीस मिनेटको बसयात्रा गर्नुहोस्, आफ्नो नजिक बस्नेसँग तपाईंको साइनो(सम्बन्ध बनिहाल्छ । तपाईंलाई ‘ओ दाजु, ओ अंकल, ओ दिदी’ भनेर होइन, साइनो लगाएर सम्बोधन गर्छन् ।

उनीहरुले तपाईंसँग यस्तो वोली व्यवहार गर्छन्, मानौं तपाईंहरुवीच बर्षौ पुरानो चिनारी छ । अर्थात जो कोहीलाई चिनेको झै गरेर आत्मिय भाषा बोल्ने उनीहरुको चलन नै हो । ‘नेपालमा त यस्तो भएछ है दोजु, नेपालमा त यसो गरेछ है बडा’ भन्दै तपाईंसँग नजिकिन्छ । उनीहरुको बोलीचालीमा ‘सेन्स अफ ह्युमर’ पनि पाइन्छ । अक्सर ठट्यौली र रसिक शैलीमा बोल्छन् ।

हामीकहाँ कसैले कुनै ठाउँको लोकेसन सोधेमा हामी ‘थाहा छैन’ वा ‘फलानो ठाउँमा गएर सोध्नु’ भनेर ठाडो जवाफ फर्काउँछौं । तर, दार्जिलिङमा तपाईं कुनै ठाउँबाट बुझ्न, जान्न चाहनुहुन्छ भने त्यती गाह्रो पर्दैन । स्थानिय कसैलाई तपाईंले ‘फलानो ठाउँ कहाँ छ ?’ भनेर सोध्नुभयो भने तपाईंलाई उनले ति ठाउँसम्म पुग्ने बाटो झर्को नमानी बताइदिन्छन् । अझ तपाईं अलमलमा पर्नुभयो भने उनले डोहोर्‍याएर पनि देखाइदिनेछन् ।

काममा लगाव

हुनेखानेकै छोराछोरी, जसले पढाई(लेखाई पुरा गरेका छन् । पढाई सकेपछि पेशा(व्यवसायको खोजीमा लाग्छन् । पेशा(व्यवसायको मेलोमेसो मिल्नुअघि पनि उनीहरु खाली हात बस्दैनन् । घरमा स्नातकोत्तरको प्रमाणपत्र भएपनि उनीहरु फुटपाथको सानो पसलमा मःम बेच्न पुग्छन्, गाडी चलाउन पुग्छन् । अर्थात काम गर्न उनीहरु कतिपनि लाज र अप्ठ्यारो मान्दैनन् ।

काम गर्नुपर्छ भन्ने चेत उनीहरुमा पाइन्छ । खेतीबालीमा होस् वा कुनै पेशा(व्यससायमा, उनीहरु लगनशिल भएर काम गरिरहेकै हुन्छन् । अनलाईन खबरबाट