पल्लो किरात राष्ट्रिय लिम्बुवान मोर्चाका केन्द्रिय सचिव सहित नौ जना प्रहरी नियन्त्रणमा

पल्लो किरात राष्ट्रिय लिम्बुवान मोर्चाका केन्द्रिय सचिव सहित नौ जना प्रहरी  नियन्त्रणमा

फिक्कल:
जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किरात राष्ट्रिय लिम्ुवान मोर्चाका केन्द्रिय सचिव सहित नौ जनालाई नियन्त्रणमा लिएको छ ।
आफनो पार्टीको ६४ औं स्थापना दिवसको अवसरमा जिल्लाका बिभिन्न स्थानमा राखीएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मोर्चाका केन्द्रिय सचिव धन बहादुर बिश्वकर्मा९ धमाला० उक्त पार्टीको महिला सघकी केन्द्रिय अन्यक्ष कविरमाया साँवा, इलाम जिल्ला अध्यक्ष बिजय आङदम्बे, इलाम जिल्ला सचिव मनकुमार माखिम, जिल्ला कोषाध्यक्ष मैतराज लिम्बु, सहित जिल्ला सदस्यहरु कमल लकान्द्री , बृजराज चोङवाङ, अजाहाङ लिम्बु र हर्क प्रसाद नेम्वाङ रहेका छन ।
जिल्ला प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले शान्ति सुरक्षामा आच आउने काम गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनु भयो । मोर्चाका कार्यकर्ताले जिल्लाका सरकारी कार्यालय लगायतका स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राखेका थिए । लिम्बुवान राज्यको माग गर्दै मोर्चाले पूर्वमा बिभिन्न गतिविध गर्दै आएको छ ।