प्रधानमन्त्री ओलीको डाइलायसीस, मृगौला फेरि फेर्नुपर्नेसम्म हुनसक्ने

Mukya Samachar

काठमाडौं: सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार सकिए लगतै मृगौलाको उपचारमा गरिने डाइलायसिस गराएका छन् ।मृगौला उपचारमा नियमित रुपमा गर्नुपर्ने डाइलायसीस मृगौला प्रत्यारोपण नभएसम्म गर्नुपर्ने हुन्छ। यसको अर्थ प्रधानमन्त्री ओली यो चरणबाट गुज्रनु पर्ने हुन्छ ।

ग्राण्डीइन्टरनेशनल अस्पतालमा नियमित परीक्षणका लागि बुधवार बिहानै पुगेका ओलीको रगतमा क्रियाटिन र पिसाबमा प्रोटिनको मात्रा बढेको देखिएपछि तत्कालै डाइलायसिस सुरु गरिएको हो।

अस्पताल स्रोतकाअनुसार दिउँँसो साँढे २ बजे डाइलायसिस सकिसकेको थियो । डाइलायसिसपछि ओलीलाई केहीबेर आइसियुमा राखेर घर पठाउँने वा भर्ना गर्ने विषयमा छलफल भएको थियो। थप चरणका डाइलायसिसपछि मात्रै डिस्चार्ज गर्ने निर्णयमा चिकित्सकहरु पुगेपछि प्रधानमन्त्री ओलीलाई अस्पतालमै राखिएको छ।

तिहारमा टीका लगाउँदा समेत असहज मानेका प्रम ओलीको अवस्था बिग्रिएपछि अस्पताल लैजादासमेत गोप्य ढंगले अस्पतालको पछाडीको ढोकाबाट भित्र लगिएको थियो । उपचारमा निजी चिकित्सक डा दिव्यसिंह शाहको नेतृत्वमा टोली खटिएको छ । टोलीका सदस्यलाई पनि उच्च तहको गोपनीयता राख्न कडा निर्देशन दिइएपछि आशंकाहरु उब्जिएको छ। यद्यपी अस्पतालले नियमित स्वास्थ्य परिक्षण भन्दै प्रम ओलीको स्वास्थ्य ठीक रहेको जानकारी गराएको छ।

डाइलायसिसपछि ओलीले बालुवाटार नै फर्किने मन गरेपनि चिकित्सकहरुले नमानेको बताइन्छ। मिर्गौलाले काम गर्न छाडेको अवस्थामा डाइलायसिस सुरु गर्दा एकपटकले मात्रै पुग्दैन् । यसको अर्थ उनको अर्को चरणमा तत्काल डाइलायसिस हुनेछ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको अन्य स्वास्थ्य सूचकहरु पनि त्यति राम्रो देखिएका छैनन् । उनलाई संक्रमणकोसमेत आशंका गरिएपछि चिकित्सकहरुले डिस्चार्ज गर्न नमानेको बताइएको छ।१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका ओलीले केही महिनाअघि मात्रै सिंगापुरमा प्लाज्माफेसेसिस गरिएको थियो ।हाम्रा कुराबाट

Leave a Reply

Your email address will not be published.