सूर्योदयमा बुधबार तोकीएका ब्यक्तिलाई खोप लगाईने , शिक्षक र चालकलाई खोप लगाउन नगरको पहल

फिक्कलः इलामको सूर्योदय नगरपालिकामा खोपको अपुग भएपछि स्थगित भएको कोरोना बिरुद्धको खोप कार्यक्रम भोली १ दिन पुनः संचालन हुँने भएको छ ।सोमबार लक्षित समुदायलाई लागउदा लगाउदै खोप अपुग भएपछि स्थगित भएको कार्यक्रम भोली बुधबार १ दिनका लागि पुनः संचालन हुने भएको हो ।
नगरको स्वास्थ्य शाखाका अनुसार छुट भएका सुवास्थ्यकर्मी , सुरक्षाकर्मी , सव ब्यवस्थापनमा खटीएका कर्मचारी, एम्बुलेन्स चालक , सरकारी कार्यालयका कर्मचारी, बैङ्कका कर्मचारी, संचारकर्मी र बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिकलाई १ दिन खोप लगाउने निर्णय भएको नगरका कोभिड १९ फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले जानकारी दिनु भयो । अधिकारीका अनुसार नगरमा स्वास्थ्य कार्यालयबाट २ हजार ५२ भेरोसेल २ डोज भाइल र ७६ भेरोसेल १ डोज भाइल खोप प्राप्त भएको थियो । बिभिन्न खोप केन्द्रमा पठाईएको खोप मध्ये केहि डोज खोप वाँकी रहेकाले प्राथमिक्ता क्रमका आधारमा लगाउन लागिएको छ ।
स्वास्थ्य शाखाका अनुसार नगरमा कार्यरत सामुदायीक र निजी बिद्यालयका १ हजार एक सय शिक्षक र सावारी चालकलाई खोप उपलब्ध गराउन तत्काल पहल गरिने भएको छ । ५५ बर्ष माथिका नागरिक अनुमान गरे भन्दा बढी खोप कार्यक्रममा सहभागी भएपछि खोप अपुग भएको थियोे । बिद्यालय शिक्षक र सवारी चालकलाई नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य कार्यालय संग समन्वय गरी केहि दिनमै खोप उपलब्ध गराउने भएको छ । जनस्वास्थ्य निरीक्षक अधिकारीले शिक्षक र चालकलाई प्राथमिक्तामा राखेर खोप लगाउने तयारी भैरहेको जानकारी दिदै खोप ल्याउन पहल भैरहेको जानकारी दिनु भयो ।
नगर प्रमुख रणबहादुर राईले सरकारले तोकेको लक्षित समुह क्रम अनुसार खोप लगाउदा ५५ बर्ष माथिका नागरिकको संख्या बढी भएकाले खोप अभाव भए पनि केहि दिनमै शिक्षक र चालकलाई खोप उपलब्ध गराईने जानकारी दिनु भयो । उहाले सबै नागरिकलाई खोप लगाउन पहल भैरहेकाले केहि समय धैर्य गर्न समेत आग्रह गर्नु भयो ।
स्वास्थ्य कार्यालयले तोकीएको लक्षित समुह भन्दा कम मात्र खोप पठाए पछि सूर्योदय सहितका केहि पालिकामा खोपको अभाव भएको छ ।
आजै सूर्योदयका बैङक , बितिय संस्थाका कर्मचारी , शिक्षक र नेपाली कांग्रेस सूर्योदय नगर कमिटिले नगर प्रमुखलाई भेटी खोप कार्यक्रम संचालन गर्न र लक्षित समुहलाई खोप उपलब्ध गराउन आग्रह गरेका थिए ।