देउमाईमा नगर परीक्षाको सवै तयारी पुरा

शिक्षा समाचार समाज

इलाम:देउमाई नगरपालिकामा नगर परिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । नगरपालिकाले लिने कक्षा आठको परिक्षाको सवै तयारी पुरा भएको हो । सवै परिक्षा केन्द्रमा कोइसन पत्र लगायत शैक्षिक सामाग्री पु¥याइसकिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत गोपाल बास्तोलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिका भरिमा ९ वटा परिक्षा केन्द्र तोकिएको छ । कक्षा आठको परिक्षामा देउमाई नगरपालिका भरिका २९ विद्यालयका ६ सय ५० परिक्षार्थी परिक्षामा सामेल हुँदैछन् । परिक्षा चैत्र ९ गतेबाट सुरु हुँदैछ ।
राज्य पुनरसंरचनामा गएपरि स्थानिय तहले आफैँ परिक्षा लिन थालेका छन् । त्यस अधि कक्षा आठको जिल्ला स्तरिय परिक्षा लिइन्थ्यो ।

Leave a Reply

Your email address will not be published.