गृन नेपाल प्रमोशन प्रा.लि. इलाम शाखाको उद्घाटन

गृन नेपाल प्रमोशन प्रा.लि. इलाम शाखाको उद्घाटन


इलाम:गृन नेपाल प्रमोसनको इलाम शाखा प्रमुख अतिथी जिल्ला समन्वय समिती प्रमुख गणेस प्रसाद बरालले उद्घाटन गर्नु भएको छ ।

गृन नेपालका अध्यक्ष रामकुमार राइको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा ७ नं वडाध्यक्ष नरेश श्रेष्ठ, गृन नेपाल सल्लाहकार डा। चित्र निरौला र १ प्रदेश संयोजक गणेश तामाङ, जनजाति महासघ अध्यक्ष अभिषेक एक्तेन, जलकन्या समृद्ध अध्यक्ष छ्त्र मगर, युवा समाजसेवी तारा सुबेदी लगायतको उपस्ति रहेको थियो ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी बरालले जिवनको सबै भन्दा महत्त्वपूर्ण स्वास्थ्य भएकोले गृन नेपालको अभियान आम नागरिकको पहुचमा पुग्ने गरि विस्तार गर्न र सर्बसुलभ मूल्य निर्धारणमा ध्यान दिन आग्रह गर्नु भयो ।
युवा ब्यवसायिले संचालन गरेको यो महत्त्वपूर्ण काममा राज्यले नि सहयोग गर्ने बताउनु भयो । सल्लाहकार डा।चित्र निरौलाले खासगरी गृन नेपाल मुख्य ३ लक्ष्य सुस्वास्थ्य, समृद्धि र सुशीक्षा रहेको बताउनु भयो । शाखा उद्घाटन सगै एक दिवसीय स्वास्थ्य सिविर संचालन भएको थियो । निशुल्क स्वास्थ्य सिविरमा ५६ जनाले सेवा लिएका छ्न । इलाम शाखाबाट प्रकृतिक आहरपुरक पद्धतिफुट न्युट्रेसनबाट विशेषज्ञ सहितको स्वास्थ्य सेवा संचालन हुने अध्यक्ष रामकुमार राइले बताउनु भयो ।
इलाम सहित नेपाल भरी २१ वटा शाखा रहेको र ललितपुरमा नेचुरल कियर हस्पिटल संचालन भैरहेको छ । अन्तर्राष्ट्रिय स्तरको अर्गानिक हर्बल खाध्य पौ िष्टक तत्वहरुको उत्पादन द्दारा देश विदेशमा सेवा पुर्याउनुका साथै प्राकृतिक जीवन जिउने कला सिकाउदै अघि बढ्ने गृन नेपाल प्रमोसन प्रा।लि। दीर्घकालीन उद्देश्य रहेको बताउनु भएको छ ।