रोङ गाउँपालिकामा नागरिकता वितरण सिबिर संचालन हुँने

Mukya Samachar समाचार समाज

रोङ : रोङ गाउँपालिकामा नागरिक्ता वितरण शिविर संचालन गरिने भएको छ । आगामी चैत्र २१ र २२ गते एकिकृत घुम्ती सिबिर सञ्चालन हुने भएको हो। शिविर संचालनका लागि छलफल गरि आवश्यक तयारी थालिएको छ ।

नागरिकता बितरणलाई सहज बनाउन गाउापालिका उपाध्यक्ष चन्द्रकला राई सहित ६ वटै वडाका अध्यक्षहरु, गाउँपालिकाका माध्यमिक बिद्यालयका प्रधानाध्यापक , सुरक्षा कर्मी र पत्रकारको उपस्थितिमा छलफल कार्यक्रम आयोजना गरिएको गाउपालिका अध्यक्ष शम्सेर राइले बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत सफल पोर्तेल र नागरिक्ता फाटका लक्ष्मण पाण्डेले सहजीकरण गरेका थिए । आगामी बिहिबार र शुक्रबार हुने सो शिबिरमा नागरिकताको प्रमाण पत्र बितरण गरिने छ ।

Leave a Reply

Your email address will not be published.