दुवै मृगौला फेल भएका आशिषद्वारा सहयोगको अपिल

Mukya Samachar Trending समाचार समाज स्वास्थ्य/शिक्षा

इलाम: दुवै मृगौला फेल भएर मृत्युसँग संघर्ष गरिररहेका इलामका आशिष सुनुवारले सहयोगको अपिल गरेका छन् । इलामको माङसेबुङ गाउँपालिका ३ सिङलाबुका ३५ वर्षीय सुनुवारले आफूलाई बचाउन देश तथा विदेशमा रहेका नेपालीहरुलाई विभिन्न संचारमाध्यम मार्फत सहयोगका अपिल गरका हुन् ।
सुनुवार विगत तीन महिनादेखि दुवै मृगौला फेल भएपछि जीवन मरणको दोसाँधमा बाँचिरहेका छन् । जीन्दगीको आधा उमेरमा नै दुवै मृगौल फेल भएपछि मीठो खाने, राम्रो लाउने र परिवारलाई सुखी बनाउने सपनामाथि एकाएक रोग पहाड झैं बनेर उभिएपछि मृत्युलाई जित्न लडिरहेका छन् ।
जीवन मरणको अन्तिम अवस्थामा समेत उनले नयाँ जीवन पाउने आशाका साथ सबैसँग आर्थिक सहयोग गर्न अपिल गरेका छन् । आफ्नो घरको आर्थिक अवस्था समेत अत्यन्त कमजोर भएकाले उनले सबै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सहयोगको अपिल गरेका हुन् ।
पत्नी र एक छोरी भएका सुनुवार वाँच्न हरदम कोसिस गरिरहेका छन् । उनी भन्छन् ‘मलाई बचाई दिनुहोस् । म तपाईहरुको यो धर्म कहिल्यै बिर्सने छैन । मेरी पत्नी र छोरीलाई छाडेर जान सक्दीन ।’
वैदेशिक रोजगारीका शिलशिलामा ५ वर्ष अघि बहराइन पुगेका सुनुवार उतै विरामी भएपछि तीन महिना अघि मात्र नेपाल फर्किएका थिए । बहराइन रहँदा समेत पटकपटक विरामी भएपछि स्वदेश फर्किएका सुनुवारको नेपाल आएपछि मात्र दुवै मृगौला फेल भएको पत्ता लागेको थियो । नेपाल आएपछि विरामले चाप्न थालेपछि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गराउँदा उनले दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगेको थाहा पाएका थिए ।
लगत्तै सो अस्पतालले सुनुवारलाई काठमाडांै रिफर गरेको थियो । सुनुवारको हाल सहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भईरहेको छ । उनलाई बचाउन २० देखि २२ लाख खर्च लाग्ने चिकित्सकहरुले बताएका छन् । तर अस्पताल प्रशासनले भनेजति रकम जुटाउन नसक्दा उनी मुस्किलमा छन् । उपचारमा संलग्न चिकित्सकले दुवै मृगौला प्रत्यारोपण गुर्नपर्ने बताएको तर आर्थिक अभावमा उपचारमा नै समस्था भईरहेको पीडित आशिषले बताए ।
आफ्नै परिवारका सदस्यबाट मृगौला प्रत्यारोपण भए करिब २२ लाख खर्च लाग्नेछ । त्यसका लागि सुरुमा ८ लाख रुपैयाँ डिपोजिट गर्नुपर्ने भएकाले उपचारमा समस्या भएको आशिषका दाजु अनिस सुनुवारले बताए । ‘सुरुमा ८ लाख रुपैयाँ डिपोजिट गरेर मात्र उपाचार सुरु हुने रहेछ । त्यसका लागि आर्थिक संकलन भईरहेको छ’ अनिसले भने, ‘आफन्तबाट मृगौला दान भए करिब २२ लाख खर्च लाग्ने रहेछ, हामी त्यही अभियानमा जुटेका छौं । मृगौला आफन्तले नदिने भए झनै करोडौं लाग्ने रहेछ ।’
अलिअलि भएको जायज्यथा समेत प्रारम्भिक उपचारमा सकिएपछि आर्थिक अभावकै कारण आशिषलाई बचाउन नसकिने हो की भन्ने चिन्ताले आशिषको परिवारलाई झस्काईरहको छ । आशिषको उपचाररार्थ आर्थिक सहयोग गर्न उनका परिवारले विभिन्न व्यक्ति तथा संघसंस्थासँग अपिल गरेको छ । आशिष सुनुवारलाई बचाउन आर्थिक सहयोग गर्न चाहनुहुनेले राजधानीमा मोबाइल नम्बर ९८१८९०९२३७ र ९८४१०२९७८६, इलाममा ९८४२७८४६६६, ९८०६००६६७७ तथा माङसेबुङमा ९८१५९६०७६० मा सम्पर्क गर्न सक्नुहुनेछ ।
गाउँदेखि राजधानीसम्म ‘आशिष सुनुवार बचाउ अभियान’
दुवै मृगौला फेल भएर उपचार अभावमा अस्पतालमा छटपटाईरहेका आशिष सुनुवारको उपचारका लागि आशिषका गाउँदेखि राजधानीसम्म ‘आशिष सुनुवार बचाउ अभियान’ सुरु गरिएको छ ।
राजधानी र गाउँमा छुट्टाछुट्टै आर्थिक संकलन समिति गठन गरी ‘आशिष सुनुवार बचाउ अभियान’ संचालन गरिएको हो । राजधानीमा डम्बरबहादुर राई (डिबी) को संयोजकत्वमा १४ सदस्यीय ‘आशिष सुनुवार बचाउ आर्थिक अभियान संचालन समिति’ गठन गरी आर्थिक संकलन प्रारम्भ गरिएको छ । समितिका कोषाध्यक्षमा मनिस सुनुवार र सदस्यहरुमा जीवन लिम्बू, कविरमान मुखिया, रमेश योङहाङ, दिपेन राई, सुमन लिम्बू, विश्व लिम्बू, एल्बीन लिम्बू, सनम सुनुवार, जीवन राई, प्रकाश थुलुङ राई, राम लिम्बू र आशिष राई रहेका छन् ।
यता आशिषको गाउँ माङसेबुङ गाउँपालिका ३ मा पनि ‘आशिष सुनुवार बचाउ अभियान’ सुरु भएको छ । आर्थिक अभावमा अस्पतालमा छटपटाईरहेको आशिषको उपचारार्थ सहयोगका लागि सहयोग संकलन समिति गठन गरेको छ ।
लछुमन राईको संयोजकत्वमा २१ सदस्यीय समिति गठन भएको हो । समितिका सदस्यहरुमा डेविड सुनुवार, पर्वत राई, डेनिस राई, मनबहादुर बुढाथोकी, रोशन राई, मनकुमार राई। देउबहादुर देवान, एलिसा राई, नरेश देवान, राज धमला, गजेन्द्र योङहाङ, सुरेश राई, सकुन राई, मचिन्द्र योङहाङ, सत्यनारायाण मेहता, दीपक घिमिरे, भीमप्रसाद लिम्बू, संगीता राई, आइन्द्र योङहाङर डिल्लीकुमार राई रहेका छन् ।
उनीहरुले व्यापारी, उद्योगी, समाजसेवी, शिक्षक, कर्मचारी, बुद्धिजीविलगायतबाट सहयोग संकलन गरिरहेको छ ।
तस्वीर ः दुवै मृगौला फेल भएका आशिष सुनुवार

Leave a Reply

Your email address will not be published.