साईकलमा कुटीडाडा देखि इलाम सम्म, इलाम साईक्लिङको गन्तब्य बन्न सक्ने

समाचार

फिक्कल: अनेकन पर्यटकीय संभावना रहेको इलाममा नयाँ पर्यटकीय संभावनाका रुपमा साईक्लिङ देखिएको छ । इलामको मौसम हावापानी र सहज सडकका कारण साईक्लिङका लागि सहज स्थान भएको पाईएको हो । शनिबार भिजिट नेपाल २०२० लाई लक्षीत गरी पर्यटन प्रर्वधन गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिकाको कुटीडाडा, हासपोखरी देखि इलाम बजार सम्मको साईलक यात्रा गरिएको छ । पर्यटन प्रर्वधन र प्रचार–प्रसार गर्ने उद्देश्यले काठमाडौँ, धरान , सुनसरी , झापाबाट आएका ६५ बढी र स्थानीय गरी ८५ जना बढी राईडर्सले ५० किलोमिटर यात्रामा साइक्लिङ गरेका हुँन । हासपोखरीमा रोङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मातृका बरालले साईकल यात्राको उद्घाटन साईकल यात्रीलाई अबिर र खदा लगाएर स्वागत गर्नु भए भयोे ।

This image has an empty alt attribute; its file name is abc-pic-2.jpg


‘साइकल चलाऔँ, स्वस्थ रहौँ’ नाराका साथ शुरु भएको साईकल यात्रा पर्यटकीय क्षेत्र कन्याम , फिक्कल हुँदै इलाम सदरमुकाम पुगेको छ । साईकल यात्रीलाई हर्कटे , फिक्कल लगायतका बजारमा स्थानीयले स्वागत गरेका थिए । साईकल यात्रीका लागि उक्त क्षेत्रमा पाथिभरा मन्दिर क्षेत्र संरक्षण समिति, होटल ब्यवसायी , कुटीडाडा डोजो , रोङ गाउँपालिका वडा नम्बर ३ ले स्थानीय ब्यवस्थापनको काम गरेका थिए ।

This image has an empty alt attribute; its file name is abc-pic-4.jpg


राईडर्स योगेन्द्र थापाको पहलमा काठ्माण्डौ, धरान , झापा , इलामका बिभिन्न क्षेत्रमा सम्लग्न ब्यक्तिहरुलाई यात्रामा सहभागी गराईएको थियो । राईडर्स थापाले कुटीडाँडा , कन्याम , फिक्लकल हुँदै माईखोला सम्मको स्थान साईक्लिङलागि अति उपयुक्त स्थान भएको बताउनु भयो । सुनसरीका राईडर्स राजन लिम्बुले कन्याम ,फिक्कल लगायतको मौसम साईक्लिङका लागि पूर्वकै उत्कृष्ठ भएको बताउनु भयो ।

साईकल यात्रामा सहभागी रोग गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउपालिकाका प्रवक्ता मनिकुमार स्याङबो , नेपाली सेनाको पशुपतिप्रसाद गण इलामका गणपति असिमदिप गुरुङ , झापाबाट आएका चिकित्सक लगायतको समेत सहभागीता रहेको छ । प्रवक्ता स्याङबोले रोङका बिभिन्न स्थानमा साईकिलिङको संभावना रहेकाले आगामी आर्थिक बर्ष योजनामा राखीने बताउनु भयो ।

साईकल यात्रीलाई सूर्योदय नगरपालिकाले बिहानको खानाको ब्यावस्था गरेको थियो । वडा नम्बर १० का वाडध्यक्ष पेमाउगेन लामाले साईकल यात्राले नयाँ खाले पर्यटन प्रर्वधन र प्रचार प्रसारमा ठूलो सहयोग पुगेको बताउनु भयो । साईकल यात्रीलाई इलाम बजारमा इलाम उद्योग बाािणज्य संघले स्वागत गर्दै शनिबार बेलुकीको बस्ने, खाने प्रर्वन्ध मिलाएको बाािणज्य संघका नवनिर्वाचित अध्यक्ष इश्वर चिपालुुले बताउनु भयो ।साईकल यात्रीको टोली आईतर इलाम बजार भएर माईखोला , दानाबारी हुँदै बिर्तामोड पुग्ने छ ।

धनकुटाको भेडेटारबाट राजारानी, वुधवारे, राँके बजारबाट इलाम बजार हुँदै माइपोखरी र सन्दकपुर सम्म साईकिलिङ गर्न सकिने साईकल यात्रीले बताएका छन । साईकिलिङबाट पूर्वका अधिकाश सुन्दर स्थलको अवलोकन गर्न सकिन्छ भने पूर्वी नेपाल र भारतका अधिकाँश हिमालय पर्वतको अवलोकन गर्न सकिने संभावना रहेको बताईएको छ ।

This image has an empty alt attribute; its file name is 5f98a237-7892-4490-8962-5a14a12be374

Leave a Reply

Your email address will not be published.