सिमा बिवाद समाधान गर्न सरकार लाग्नु पर्छ : कांग्रेस बरिष्ठ नेता पौडेल

सिमा बिवाद समाधान गर्न सरकार लाग्नु पर्छ : कांग्रेस बरिष्ठ नेता पौडेल

फिक्कल :
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल भारत सिमा बिवाद समस्या गर्न सरकारले चाडो पहल गर्नु पर्ने बताउनु भएको छ । इलामको फिक्कलमा शुक्रबार बिहान नेपाली कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पत्रकारहरु संग कुरा गर्दै नेता पौडेलले लामो समय देखि कायम रहेको सिमा समस्या हल गर्न सरकारले चाडो कुटनीतिक पहल थाल्नु पर्ने बताउनु भयो । नेता पौडेलले भारत र चीन दुवै तर्फको सिमा समस्या हल गर्ने उपयुक्त समय आएको बताउनु भयो ।उहाले राष्ट्रियताको सवाल भएकाले सरकारले सिमा समस्या हल गर्न थालेको कदममा रचनात्मक सहयोग गर्न कांग्रेस तयार रहेको बताउनु भयो । पौडेलले भन्नु भयो‘ कुनै हालतमा एक इन्च सिमा मिच्न दिनु हुन्न, भारतको हेपाहा प्रबृतिको अन्त्य गर्न सरकारले आट गर्नु पर्छ ।’ नेता पौडेलले सचिव स्तरीय टोलीले सिमा समस्या हल गर्न नसक्ने भएकाले प्रधामन्त्री केपी शर्मा ओली आफैले बार्ताको वातावरण बनाउन लाग्नु पर्ने बताउनु भयो । सिमा विवाद देखिएका स्थानमा नेपालको भू–भाग जतिका प्रमाण जुटाएर भारत संग कडा रुपमा सरकार प्रस्तुत हुनु पर्ने उहाले बताउनु भयो । फरक प्रसङ्गमा नेता पौडेलले देशमा भष्ट्राचार, कालोबजारी हत्या हिंसा मौलाउदा पनि दुई तिहाईको करकारले ठोस कदम चाल्न नसकेको बताउनु भयो ।
नेपाली कांग्रेस इलाम शाखाले आयोजना गरेको सभालाई भेलालाई सम्बोधन गर्न नेता पौडेल लगायत नेता डा. शेखर कोइराला ,धनराज गुरुङ, बद्रि पाण्डे लगायतका नेता इलाम आएका हुँन ।