मरब क्याम्पसमा पङ्गेनी

शिक्षा समाचार


इलाम पुस – नेपाल कम्युनिट पार्टी नेकपा निकटको विद्यार्थी संघठन प्राबिधिक विद्यार्थी सघ नेपाल महेन्द्ररत्न बहुमुखी क्याम्पस कार्यसमिति पुनर्गठन गरिएको छ । रश्मि अर्यालको अध्यक्षतामा रहेको समिति विघटन गरि बागबानी संकायका विद्यार्थीको भेलाले छैटौं सेमेस्टरका आशिष् पङ्गेनी को अध्यक्षता नया कार्यसमिति गठन गरेको हो ।


उक्त समितिको उपाध्यक्षमा छैटौं सेमेस्टरबाट उपमा चापागाईं र चौथो सेमेस्टरबाट सन्जिता गुरौ, सचिबमा चौथो सेमेस्टरबाट दिपक जमर कट्टेल, सह सचिबमा चौथो सेमेस्टरबाट रचना टन्डन र दोस्रो सेमेस्टरबाट बिजया खनल चयन भएका छन् । सदस्यमा दोस्रो सेमेस्टरबाट सुजन खनाल रहेका छन् । ११ सदस्यीय कमिटीलाई पहिलो बैठकले पुर्णता दिने अनेरास्ववियु जिल्ला सचिबालय सदय खेमसागर खनालले बताए ।

अनेरास्ववियु निकट प्राबिधिक विद्यार्थीहरुको छाता संघठनको रुपमा रहेको यस कमिटीले विभिन्न किसिमका प्राबिधिक क्षमता अभिबृद्धि गर्ने बताइएको छ ।

उक्त कार्यक्रममा बागबानी बिभागका बिभागिय प्रमुख अनन्तमणी भट्टराईको प्रमुख आतिथ्यता र अनेरास्ववियु जिल्ला कमिटी कोषाध्यक्ष बिप्लब थापाको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिटी सहसचिब यमन भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.