लिम्बू पत्रकार संघ इलाम अध्यक्षमा सोङमी

इलाम : लिम्बू पत्रकार संघ इलामको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनले वुद्धमाया सोङ्मीको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।

उपाध्यक्षमा सुमन लावती, सचिवमा लोकेन थेवे र कोषाध्यक्ष सृष्टि खापुङ निर्वाचित भएका छन् । सदस्यहरुमा, लीला थेगिम, सन्तोष खापुङ र वुद्धराज योङहाङ निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा सटेन्द्र जबेगु, ज्ञानु केदेम, अतित योङहाङ र काकीराम लावती निर्वाचित भएका छन् ।