१५७ को स्वास्थ्य परिक्षण तथा कम्बल बितरण

१५७ को स्वास्थ्य परिक्षण तथा कम्बल बितरण


इलाम माघ : इलामको माइजोगमाई गाउँपालिकाको नयाँवजारमा मंगलबार एक दिने निशुल्क स्वास्थ्य शिविर तथा औषधि बितरण हिजो सम्पन्न भएको छ । इलाम झापा मैत्री समाज नगर समिति बिर्तामोडले आयोजना गरेको शिविरमा १ सय ५७ जनाले स्वास्थ्य जाँच तथा निशुल्क औषधि पाएका छन् ।
झापाको बिर्तामोड स्थित कन्काई अस्पतालका बिशेषज्ञ डाक्टरहरुले स्वास्थ्य जाँच गर्नुभएको थियो ।
सोही कार्यक्रममा बिपन्न परिवारका लागि ८० थान कम्बल समेत वितरण गरिएको छ । गाउँपालिकाका प्रत्येक वडामा १० वटा पर्ने गरि कम्बल बितरण गरिएको थियो । गाउँपालिका भरिका सबै वडामा पर्ने गरि कम्बल वितरण गरिएको थियो । बिपन्न परिवारलाई वडा अध्यक्ष र गाउँपालिकाले शिफारिस गरेका व्यक्तिलाइ बितरण गरिएको नगर समिति बिर्तामोडका अध्यक्ष तिलोतमा खत्रीले बताउनुभयो ।
माईजोगमाई गाउपालिकाका अध्यक्ष जित बहादुर राई र इलाम झापा मैत्री समाज बिर्तामोड नगरसमिति अध्यक्ष खत्रीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको शिविरमा गाउँपालिकाकी उपाध्यक्ष शाबित्रा भट्टराई, ईलाम झापा मैत्री समाजका केन्द्रीय अध्यक्ष कमल पौड्याल लगायतले शिविरको महत्व बारे जानकारी गराउनु भएको थियो । स्थानिय सर्वसाधारणले घर आगनमा नै सेवा तथा जाडोमा ओड्ने कम्बल पाएकोमा खुसी ब्यक्त गरेका थिए ।