माईजोगमाई गाउँपालिकामा नि:शुल्क आँखा परिक्षण कार्यक्रम

समाचार

डम्बर कुमार निरौला , माईजोगमाई:

हाम्रो आखा हाम्रो संसार भन्ने नाराका साथ नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा इलामको आयोजना र बिराटनगर आँखा अस्पताल रानीको प्रबिधिक सहयोग र माईजोगमाइ गाउँपालिकाको सहकार्यमामा आखा रोगको परिक्षण को सुरुवात भएको छ ।

करिव एक बर्ष सम्म संचालन हुने स्वस्थ्य परिक्षण माईजोगमाई गाउँपालिका भरी रहेका सबै बिद्यालयमा संचालन गरी बिद्यार्थीहरुको आखा चेकजाच गर्ने र माईजोगमाई भरी घरदैलो कार्यक्रम गरी आखा परिक्षण गर्ने आयोजक नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा इलामका अध्यक्ष इन्द्र फुयालले बताउनु भयो । आँखा को सम्पूर्ण उपचार निशुल्क गर्ने र माईजोगमाई गाउँपालिका भित्र रहेका मानिसको आँखा चेकचाज गर्दा सम्पूर्ण सेवा निशुल्क गर्ने समेत आयोजक समितिले जानकारी दिएको छ ।

कार्यक्रम नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा इलामका सभापति इद्र फुयालको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राइको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा आँखा अस्पताल बिराटनगरका अध्यक्ष तथा प्रदेश नं २ बाट प्रतिनिधि सभा सदस्य पदम नारायण चौधरी माईजोगमाई गाउँपालिका उपाध्यक्ष सबित्रा भट्टराई, माईजोगमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष याम कुमार कार्की वडा नं २ का वडाध्यक्ष डम्बर बहादुर सुबेदी वडा नं ३ का वडाध्यक्ष याम प्रसाद लामा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर पौडेल बिभिन्न राजनैतिक दलका प्रतिनिधि , शिक्षक , बिद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

माईजोगमाई गाउँपालिकामा यस किसिमको कार्यक्रम ल्याएकोमा माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राइले खुसी ब्यक्त गर्दै यस काममा गाउँपालिकाले सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
आयोजक समितिका अध्यक्ष फुयालले यस कार्यमा सहयोग गर्न माईजोगमाई गाउँपालिकाका बिद्यालयका शिक्षक , बिद्यार्थी र माईजोगमाई बासीलई सहयोगका लागि आग्रह गर्नु भयो । आखाँको चेकजाँच औषधी देखी अपरेशन सम्म निशुल्क रहेको अध्यक्ष फुयालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.