त्रिभुवन विश्वविद्यालय एशियाकै उत्कृष्ठ

शिक्षा

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ बिश्वबिद्यालयको २ सय ५१ देखि ३ सयमा परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेशनले गरेको याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो ।

एशियाक्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब ३ हजार भन्दा बढी विश्वविद्यालय छनौट गर्दा त्रिवि उत्कृष्ठ ३ सय भन्दा कम स्थानमा पुग्न सफल भएको छ । सो संस्थाले विश्वविद्यालय छनौट गर्न विभिन्न क्षेत्र तय गरेको थियो । ¥याङकिङमा सहभागि हुन विश्वविद्यालयले सोही अनुसार विवरण पेश गरेको थियो ।

सो संस्थाले गत वर्ष सन् २०१९का लागि विश्वभरका विश्वविद्यालयकालागि सार्वजनिक गरेको ¥याकिङमा त्रिवि एक हजार भन्दा मुनी परेको थियो । गत वर्ष गरेको निर्णय अनुसार त्रिवि ८ सय १ देखि १ हजारभित्र परेको जनाएको थियो ।

यो वर्ष एशियाली मुलुकका विश्वविद्यालय छनौट गरी निर्णय सार्वजनिक गर्न लागेको हो । टाइम्स हायर एजुकेशनले मंगलबार त्रिविलाई इमेल पठाएर सन् २०१९को लागि सो विश्वविद्यालय ३ सय भन्दा मुनी परेको उल्लेख गरेको थियो । यो समाचार नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.