सुनिता र सेन्चेहाङलाई छात्रबृत्ति प्रदान

Trending शिक्षा


इलाम, पुष ः लिङदेन समाज केन्द्रिय कार्य समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको छात्रबृत्ति यस वर्ष सुनसरीको धरानमा बितरण गरिएको छ । गएको एसइइ परिक्षामा देशभरीबाट उत्कृष्ठ अंक ल्याउने लिङदेन परिवारका सन्तानलाई प्रदान गर्ने छात्रबृत्ति यस वर्ष ताप्लेजुङकी सुनिता
लिङदेन र इलाम ग्रीनभ्यालीका सेन्चेहाङ लिङदेन लाई प्रदान गरिएको हो ।

लिङदेन परिवारका एक छात्र र एक छात्रालाई गंगालाल ह्दयरोग केन्द्र काठमाण्डौमा कार्यरत मुटुरोग बिशेषज्ञ डा. दिपक लिङदेनले छात्रबृत्ति स्वरुप नगद १०÷१० हजार रुपयाँ उपलब्ध गराउँदै आएका छन् ।

सो रकम शनिबार धरानमा आयोजित लिङदेन भेला तथा छात्रबृत्ति बितरण कार्यक्रममा उनीहरुलाई प्रदान गरिएको लिंदेन समाजका कमल लिङदेनले जानकारी दिए ।
सोहि अवसरमा जाडोमा लगाउने ४ सय थान स्वीटर समेत बितरण गरिएको थियो ।

सोहि अवसरमा फल्गुनन्द इन्भेष्टमेन्ट कम्पनीले शेयरधनीलाई बोनस समेत उपलब्ध गराएको थियो ।

लिङदेन समाजका अध्यक्ष आइन्द्र लिङदेनको अध्यक्षता तथा रबिमान
लिङदेनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बेलायत सेनाका मेजर केसरसिंह
लिङदेन तथा लिङदेन परिवारमा जन्मिएर बिभिन्न स्थानिय तहमा निर्वाचित ब्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.