५ रुपैयाँमै उपचार हुने क्लिनिकमा ल्याब सञ्चालन

प्रमोसन स्वास्थ्य/शिक्षा

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको नमोबुद्ध गुम्बा परिसरभित्र सञ्चालित ठ्राङ्गु फेन्दे क्लिनिकमा सुविधा सम्पन्न ल्याबको उद्घाटन गरिएको छ।

नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा र नमोबुद्ध ध्यान तथा शिक्षण केन्द्रका अध्यक्ष छेयोजे लामा वाङ्चुक तोक्देनले क्लिनिककमे संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

क्लिनिकमा उपचार गर्नका लागि काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायतका विभिन्न स्थानबाट मानिसहरू आउने गर्छन्। क्लिनिकले धेरैलाई कम शुल्कमा सेवा दिन सफल भएकाले आफू संस्थाबाट निकै प्रभावित भएको नगर प्रमुख टिपी शर्माले बताए।

क्लिनिक उद्घाटनको क्रममा क्लिनिक प्रमुख वाङ्चुक राप्तेन लामाले सुविधा सम्पन्न ल्याब स्थापनापश्चात् सेवालाई अझ प्रभावकारी बनाउन हौसला पुगेको बताए।

प्रसिद्ध धार्मिकस्थल नमोबुद्ध गुम्बामा रहेको यस क्लिनिकले सञ्चालन भएको छोटो अवधिमानै १७ लाखलाई सेवाप्रदान गरिसकेको छ।

नमोबुद्ध ध्यान तथा शिक्षण केन्द्रका अध्यक्ष छ्योजे लामा वाङ्चुक तोक्देनले हप्तामा तीनदिन दिइने सेवालाई २४ घण्टानै दिन सके अझ प्रभावकारी हुने बताए।

क्लिनको उपचारको फि ५ रुपैयाँ रहेको हुँदा स्थानीयलाई सहजसते भएको छ।

नमोबुद्ध नगरपालिकाका स्वास्था शाखाका सह–संयोजक दिनमान गुर्मछानले नगरपालिकाबाट स्वीकृति लिएर सञ्चालन भएका क्लिनिकमध्ये दैनिक ६० देखि १०० जना सम्मलाई सेवा प्रदान गरेर उत्कृष्ट हुन सफल भएकोमा खुसी व्यक्त गरे। नेपाल लाईभबाट

Leave a Reply

Your email address will not be published.