देउमाई नगरपालिकाको सूचना..

स्वास्थ्य/शिक्षा

देउमाई नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
मंगलबारे, इलाम


हाटबजार पसल कर, सवारी कर तथा सेवा शुल्क असुली ठेक्काको बोलपत्र आह्वान गरिएको सूचना
(सूचना प्रथम पटक प्रकाशित मिति ः २०७६।०३।०५)
यस देऊमाई नगरपालिका क्षेत्रभित्र पर्ने देऊमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय, मंगलबारे इलामले निर्धारण गरेको दररेटमा विभिन्न बस्तुहरुमा लगाइने हाट बजार पसल कर, सवारी कर तथा सेवा शुल्क मिति २०७६ साल श्रावण १ गतेदेखि २०७७ साल आषाढ मसान्तसम्मका लागि ठेक्का दिइने भएकोले इच्छुक ब्यक्ति वा फर्महरूलाई देहायको शर्त बमोजिम हुनेगरी बोलपत्र दिन यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरुः
१. बोलपत्र फारामबापत् प्रति फाराम रु. २५०० दुई हजार पाँचसय मात्र (पछि फिर्ता नहुने गरी) यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र)औँ दिनको १ बजेसम्म यस कार्यालयबाट बोलपत्र फाराम खरिद गर्न सकिनेछ ।
२. यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र)औँ दिनको २ बजेभित्र कार्यालमा शिलबन्दी बोलपत्र दाखिला गराई सक्नुपर्नेछ र सोही दिनको २ः३० बजे कार्यालयका तथा ठेकेदारको प्रतिनिधीहरुको रोहबरमा बोलपत्र खोलिनेछ ।
३. बोलपत्र शिलबन्दी हुनुपर्नेछ र बाहिरपट्टि बोलपत्र खरिदकर्ताको नाम, ठेगाना र हाटबजार पसल कर, सवारी कर, सेवा शुल्क बोलपत्र भनी लेखेको हुनुपर्नेछ ।
४. ठेक्काको न्यूनतम् अङ्क रु. १७,००,११७।– (रु. सत्र लाख एकसय सत्र मात्र) रहनेछ ।
५. न्यूनतम् अङ्क माथि सबैभन्दा बढी अङ्कलाई स्वीकृत गरिनेछ ।
६. ठेक्का रकम अङ्क र अक्षर दुवैमा लेखिएको हुनुपर्नेछ । अङ्क र अक्षर फरक पर्न गएमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनछ ।
७. केरमेट भएको अङ्क र अक्षरको मान्यता हुनेछैन, उक्त बोलपत्रउपर कारबाही हुनेछैन ।
८. बोलपत्र स्वीकृत गर्ने÷नगर्ने सम्पूर्ण अधिकार नगर कार्यपालिकामा निहीत हुनेछ ।
९. दररेट नगरसभाले निर्णय गरेबमोजिम हुनेछ ।
१०. कबोल गरेको अङ्कको ५ (पाँच) प्रतिशतले हुन आउने रकम नगरपालिकाको नाममा रहेको कृषि विकास बैङ्क धरौटी खाता नं. ०६०११०११५१६०३०४१ खतामा जम्मा गरेको बैङ्क भौचर शिलबन्दी बोलपत्र साथ संलग्न गरी पेश गर्नुपर्नेछ ।
११. कर असुल गर्ने क्षेत्र चमैता, राँके, देउराली, बाघखोर, रक्से, त्रिवेणी (मेची राजमार्गबाहेक) शान्तिडाँडा, धुसेनी, मंगलबारे, गाग्रेभञ्ज्याङ, साङ्रुम्बा ७, ८, ९, जितपुर र सिद्धिथुम्का रहनेछन् ।
१२. न्यूनतम् अङ्कको पाँच प्रतिशत रकम ठेक्का खोल्नु अगाडि नै बुझाउनु पर्ने तथा उच्चतम् अङ्क बोली ठेक्का सकार नगरे उक्त रकम जफत गरिनेछ ।

सूर्यप्रसाद पोख्रेल
नगर प्रमुख

Leave a Reply

Your email address will not be published.