एजेन्सी: १४ वर्ष भन्दा सानो उमेरका क्यान्सरजन्य रोगका बिरामीको मृत्यको प्रमुख कारण ब्रेन ट्युमर हो । त्यस्तै २० वर्ष मुनिका बिरामीको क्यान्सर जन्य मत्युको द्रोसो कारण पनि ब्रेन ट्युमर हो ।
मानिसलाई १२० प्रकारका ब्रेन ट्युमर हुन्छन् ।जसले जुनसुकै उमेरका मानिस, जातजाती वा जोसुकैलाई पनि असर गर्न सक्छ । यसको उपचार प्रणाली निकै जटिल हुन्छ ।
सबै प्रकारका ब्रेन ट्युमर घातक र डरलाग्दा हुन्छन् ।
गिलोमा सबैभन्दा साझा प्रकारको ब्रेन ट्युमर हो । यसले दिमागको न्युरोको कोषलाई अशर गर्छ । प्रारम्भिक ब्रेन ट्युमर सामान्यतया अन्य अंगमा फैलिदैन । अन्य प्रकारको क्यान्सरको विपरित यो दिमागमा नै रहन्छ । तर प्रारम्भिक ब्रेन ट्युमर पनि घातक हुन्छ ।
प्राइमेरी ब्रेन ट्युमर भएका बिरामीको ब्रेन डेथ भएमा उनीहरुको अंगलाई अन्य बिरामीलाई प्रत्यारोपणका लागि डोनेसन गर्न सक्छन् । किनकी ब्रेन डेथ भएका बिरामीको बाँकी अंग प्रभावित हुदैनन् ।