कपाल सेतो हुनबाट जोगाउने उपाय !

रोचक स्वास्थ्य/शिक्षा

कलिलो उमेरमै कपाल फुल्ने समस्याबाट धेरै मानिस हैरान भएका हुन्छन् । फुलेको कपालले गर्दा सौन्दर्यमा ह्रास आउने तथा व्यक्तित्वमा असर असर पर्ने गर्छ । यही भएर पनि यो समस्याबाट छुटकारा पाउन मानिसले विभिन्न उपाय अपनाएका हुन्छन् ।

आजभोलि बजारमा आएका विभिन्न अप्राकृतिक कलरले हाम्रो कपाललाई झनै बढि हानि पुर्याउने गर्छ । त्यसै कारण प्याकेटका रङ भन्दा प्राकृतिक वस्तुहरुको प्रयोग गर्यो भने राम्रो हुने विशेषज्ञहरु बताउछन् ।राति ढिलो समयसम्म नसुत्ने , खानपानमा ध्यान नदिने र धेरै तनाव लिने समस्याका कारण आजभोलि जवानीमै मानिसहरुको कपाल फुल्ने गरेको पाइन्छ ।

हाम्रो कपालमा मेलेनिन नामक पिगमेन्ट हुन्छ जसले कपाल कालो वा सेतो हुने भनेर निर्धारण गरेको हुन्छ । कम उमेरमै मेलेनिन बन्न रोकिएपछि जवानीमै मानिसको कपाल सेतो हुन थाल्छ । तर यदि यी प्राकृतिक उपाय अपनाउने हो भने कपाल फुल्नबाट बँच्न सकिन्छ ।

नरिवलको तेल

तपाईं नरिवलको तेल कत्तिको प्रयोग गर्नुहुन्छ रु यदि प्रयोग गर्ने बानी छैन भने आजैदेखि प्रयोग गर्न सुरु गर्नुहोस् । नरिवलको तेलले तपाईंको कपाललाई निकै फाइदा पुर्‍याउँछ ।

नरिवलको तेलले कपाल मालिस गर्दा कपाल कालो बनाउन मात्र मद्दत गर्दैन, बलियो पनि बनाउँछ । यसले कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ । नरिवलको तेल सर्वसुलभ रूपमा पाइने भएकाले पनि प्रयोग गर्न सजिलो हुन्छ ।

अमला

अमलामा एन्टिअक्सिडेसन हुन्छ, जसले कपालका कोषिकाहरूलाई सेतो हुन दिँदैन । त्यसका लागि अमलाको धुलोले नुहाउनुपर्छ वा मेहदीसँग मिलाएर लगाउनुपर्छ ।

अमलाले कपाललाई मजबुत बनाउन पनि सघाउ पुर्‍याउँछ । अमलाको धुलोलाई कपालमा लगाएमा कपाल सेतो हुने, झर्ने, चुँडिने र पातलो हुने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

भिटामिन बी–१२

खानपानमा अलिकति ध्यान दिने हो भने पनि कपाल फुल्न वा सेतो हुन पाउँदैन । भिटामिन बी–१२ युक्त खानाको प्रयोगले कम उमेरमै कपाल फुल्न पाउँदैन ।

यदि तपाईं शाकाहारी हुनुहुन्छ भने दूध र दूधजन्य पदार्थको सेवन गर्न सक्नुहुन्छ । नत्र माछा, अन्डा, मेवा, कुखुराको मासु पनि दैनिक रूपमा मात्रा मिलाएर सेवन गर्न सक्नुहुन्छ । यस्ता खाद्यपदार्थबाट प्रचुरमा मात्रामा भिटामिन बी–१२ प्राप्त हुन्छ ।

कालो तिल

कालो तिललाई केही समय पानीमा भिजाइदिने अनि लगाउने हो भने यसले बढ्दो उमेरमा तपाईको कपाल सेतो हुनबाट बचाउँछ ।

काँचो मेवा

काँचो मेवा पिसेर लगाउने गरेमा कपाल कालो भइरहन्छ ।

किन कम उमेरमै कपाल सेतो हुन्छ रु यो पनि जानिराखौँ

कम उमेरमै कपाल सेतो हुने एउटा नयाँ ट्रेन्ड नै बनेको छ । गुगल ट्रेन्ड सर्चका अनुसार पछिल्लो दश वर्षमा गुगलमा सेतो कपालका बारेमा खोजी गर्नेहरुको संख्या निकै बढेको छ । सन २०१५ पछि त यो संख्या झनै बढेको छ ।

छाला तथा कपाल सम्बन्धी भारतीय विशेषज्ञ डा। दीपाली भारद्वाजका अनुसार कम उमेरमै कपाल सेतो हुनु एउटा रोग हो । मेडिकल भाषामा यसलाई केनाइटिस भनिन्छ ।

इन्डियन जर्नल अफ डर्मेटोलोजीमा सन २०१६ मा प्रकाशित शोधका अनुसार भारतमा केनाइटिसका लागि २० वर्षको उमेत तोकिएको छ । भारत लगायतका दक्षिण एशियाली मुलुकमा २० वर्ष वा त्यस भन्दा पहिले कपाल सेतो हुन सुरु गर्यो भने त्यसलाई केनाइटिस रोगको संकेतका रुपमा बुझिन्छ ।

दिल्लीको सफदरजंगमा लामो समयदेखि काम गरिरहेका कपालका डाक्टर अमरेन्द्र कुमारका अनुसार केनाइटिसमा कपालको रंगमा पिगमेन्ट उत्पादन गर्ने सेलमा समस्या आउन सुरु गर्छ, यसले गर्दा कपाल सेतो हुन सुरु हुन्छ ।

विशेषज्ञहरुका अनुसार यस्तो रोग लाग्नुका पछाडी विभिन्न कारण रहेका हुन्छन्, कतिपय अवस्था वंशाणुगत गुणले पनि यस्तो हुन्छ भने कतिपय अवस्थामा खानपिन, प्रोटीन र कपरको कमी, तथा हर्मोनको कारणले पनि यस्तो समस्या हुन्छ । मानव शरीरमा हेमोग्लोबिनको कमी, एनीमिया, थाइराइड जस्ता समस्याले पनि छिटो कपाल सेतो हुने समस्या हुन्छ ।

कपाल किन छिटो सेतो हुन्छ भन्ने विषयमा विश्वभर विभिन्न खोज तथा अनुसन्धान भएका छन् । बेलायतको युनिभर्सिटी अफ ब्रेडफोर्डका प्रोफेसर डेसमण्ड टोबीनका अनुसार यूरोपमा २० वर्षको उमेरका कपाल सेतो हुनुलाई सामान्य रुपमा लिइन्छ ।

कपालको रंग कम उमेरमै सेतो हुनुमा मानव शरीरमा पाइने जीन जिम्मेवार मानिन्छ । अध्यनबाट के कुरा पत्ता लागेको छ भने, फरक फरक नस्लका मानिसमा कपाल सेतो हुने प्रकृया पनि फरक फरक हुने गर्छ । अफ्रिका र पूर्वी एशियाली मुलुकका मानिसको कपाल सामान्यतया एउटा निश्चित उमेर पार गरिसकेपछि मात्र सेतो हुन सुरु हुन्छ ।

केनाइटिसको समस्याका लागि विभिन्न किसिमका औषधीहरु प्नि बजारमा उपलब्ध हुन्छन् तर यसबाट २० देखि ३० प्रतिशतसम्म मात्र सफलता मिल्ने अध्ययनबाट पुष्टि भएको छ । विशेषज्ञहरुका अनुसार कम उमेरमा कपाल सेतो हुनबाट जोगाउन खानपिनमा पनि ध्यान दिनुपर्छ ।

त्यस्तै खानामा बायोटिन ९एक प्रकारको भिटामिन० समावेस गर्ने, कपालमा कुनै किसिमको रसायनको प्रयोग नगर्ने, चायाँ हटाउने शैम्पू सातामा दुई पटक भन्दा बढी प्रयोग गर्न नहुने विशेषज्ञहरुको सुझाव छ ।

हामीले केहि थप जानकारी दिइएको छौ

भिटामिन सीका फाइदाहरु

१। घाउ भर्छ

भिटामिन सीमा उत्कृष्ट हिलिङ पावर हुन्छ । जसले छालाको घाउ चाँडै भर्न मद्धत गर्छ । प्रतिरोध क्षमता कम भएको स्थितिमा यसले संक्रमण फैलन र रोगबाट बच्न सहयोग गर्छ ।

२। एलर्जी

यसमा पाइने एन्टी हिस्टामाइन तत्वले एलर्जीबाट बचाएर त्यसको लक्षणबाट पनि बचाउँछ । सामान्य चिसोमा पनि भिटामिन सीको प्रयोग गरेर शरीरलाई स्वस्थ बनाउन सकिन्छ ।

३। तनाव

भिटामिन सीले दिमागलाई स्वस्थ राख्नेमात्र होइन तनावबाट लड्ने एड्रिनेल नामक हर्मोन पनि उत्पादन गरेर तनावबाट बच्न सहयोग गर्छ ।

४। जोर्नीको दुखाई

जोर्नीमा कोलेजन र कार्टिलेज क्षतिग्रस्त हुँदा, उमेर बढ्दा या कुनै संक्रमणका कारण जोर्नी दुख्ने समस्या आउँछ । भिटामिन सीले जोर्नीका लागि कोलेजन नामक प्रोटीनको निर्माण गर्छ, जसले जोर्नीको दुखाईमा राहत दिन्छ ।

५। क्यान्सर

भिटामिन सी एक उत्कृष्ट एन्टी अक्सिडेन्ट हो । यसले क्यान्सर र अन्य समस्या पैदा गर्ने फ्रि रेडिकल्सबाट बचाउँछ । यसले रोग प्रतिरोधक क्षमता बढाएर क्यान्सरसंग लड्नमा सहयोग गर्छ । यस्तै कोशिका र डीएनएमा हुने परिवर्तनबाट पनि बचाउँछ ।

६। हृदयरोग

भिटामिन सीमा पाइने एन्टीअक्सिडेन्ट मुटुका लागि लाभदायक हुन्छ । यसले मुटुको समस्याबाट बचाउँछ र धमनी क्षतिग्रस्त हुनबाट बचाउँछ । रक्तकोशिकामा कोलेस्टेरोल जम्नबाट बचाँउछ, जसबाट हृदयाघात र ब्रेनस्ट्रोक हुने खतरा कम हुन्छ । यसले कोशिकाहरुमा रक्तप्रवाहलाई सामान्य बनाउँछ ।

७। दम

भिटामिन सीले शरीरमा दमका लागि जिम्मेवार मानिएको हिस्टामाइनको उत्पादनलाई कम गर्छ । जसबाट दम या श्वाससम्बन्धी समस्याको सम्भावनालाई कम गर्छ । भिटामिन सीको एन्टीअक्सिडेन्ट तत्वले फोक्सोको सफाई गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

केहि घरेलु औषधी जसको प्रयोगबाट पिलो निको पार्न सकिन्छ

गहुँ

फाइबर र क्याल्सियमयुक्त गहुँ पिलोको राम्रो औषधि मानिन्छ । गहुँको केही दानालाई केहीबेर चपाएर त्यसको लेपलाई पिलो भएको ठाउँमा लगाउनाले यसबाट मुक्ति पाउन सकिन्छ ।

प्याज

प्याजमा एन्टिसेप्टिक तत्व पाइन्छ, जसले पिलो निको पार्न मद्दत गर्छ । प्याजको एउटा स्लाइसलाई घाउमा राखेर कपडाले बाँध्नोस् । एक वा दुई घण्टापछि निकालेर यो प्रक्रिया पुनः दोहोर्‍याउनुस् । पिलो छिट्टै निको हुन्छ ।

निम

एन्टिबायोटिक तत्वले भरिपूर्ण निममा एन्टि–माइक्रोबियल गुण हुन्छ । बिनासाइड इफेक्ट निमले शरीरबाट पिलो निको पार्न मद्दत गर्छ । निमलाई पिसेर लेप बनाई पिलोको वरिपरि लगाउनु पर्छ ।

बेसार

पिलोको राम्रो औषधी बेसार पनि हो । बेसारमा एन्टि–एन्फ्लेमेन्टरी तथा नेचुरल ब्याड प्युरिफिकेसन तत्व हुन्छ । बेसारको प्रयोगले घाउको दुःखाई कम गर्न मद्दत गर्छ ।

पिलोको वरिपरि बेसारको लेप बनाएर लगाएको खण्डमा यसबाट छिट्टै राहत पाउन सकिन्छ । यस्तै, एक गिलास दूधमा एक चम्चा बेसार हालेर ४र५ दिनसम्म पिएको खण्डमा पनि पिलो छिट्टै निको हुन्छ ।

लसुन

लसुन पिसेर लेप बनाएर घाउमा लगाउनाले वा दैनिक २÷३ वटा काँचो लसुनको पोटी चपाएर खानाले पनि पिलोबाट राहत पाउन सकिन्छ ।

मेहेन्दी

पिलोको दुःखाई कम गर्न मेहेन्दीको प्रयोग लाभकारी हुनसक्छ । मेहेन्दीमा पाइने चिसो गुण यसका लागि फाइदाजनक हुने गर्छ । अझ, पिसेको मेहेन्दीलाई पिलो भएको ठाउँमा साँझबिहान बाक्लो लेप बनाएर लगाउनु पर्छ ।

दही, जिरा र कालो मरिच

दही र जिरा पाउडरको प्रयोगबाट पनि पिलोबाट छुटकारा पाउन सकिन्छ । जिरालाई मसिनो गरी दहीमा मिसाएर त्यसमा थोरै कालो मरिच हाली पिलो भएको ठाउँमा लगाउनुस् । पिलोबाट चाँडै छुटकारा पाउन सकिन्छ ।

नोटस् माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो रु हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

ज्ञान बिज्ञान

Leave a Reply

Your email address will not be published.