इलाम : इलामको पशुपतिनगर नाकाबाट लकडाउनको समयमा लुकीछिपी भारतबाट नेपाल प्रवेश गर्दै गरेका २० जना नेपालीलाई फर्काईएको छ ।
सोमबार बिहान भारतको सुकीया दार्जिलिङबाट पुलखोला हुँदै पशुपतिनगरबाट नेपाल प्रवेश गर्न लाग्दै गर्दा दोलखाका २० जना नेपालीलाई सुरक्षा निकायले रोकेर उतै पर्काईदिएको हो ।
कामको शिलशिलामा भारतका बिभिन्न स्थानमा रहेका उनीहरु लकडाउनको समयमा दोलखा जान भनी नेपाल प्रवेश गर्न लागका थिए । शसस्त्र प्रहरी बल(बीओपी) पशुपतिनगरका इन्सपेक्टर पवन खड्काका अनुसार भारतबाट आएका उनीहरुलाई आवश्यक जानकारी लिई भारत नै फर्काईएको छ । इन्सपेक्टर खड्काले भन्नु भयो ‘लकडाउनका कारण यातायात समेत संचालन नहुँने भएपछि उनीहरुको अझ बिचल्ली हुन्छ भनेर उतै फर्काईएको हो ।’
इलामको नेपाल भारत सिमा क्षेत्रमा शसस्त्र पहरीले उच्च सर्तकता अपनाएर सुरक्षा गरिरहेको छ । सिमानाबाट कलडाउनको समयमा समेत भारतमा काम गर्न गएका नेपाली लुकीछीपि आउने क्रम नरोकीए पछि इलामको नेपाल भारत सिमा क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरी पोष्ट स्थापना गरी सुरक्षा दिदै आएको छ । इन्सपेक्टर खड्काले लकडाउनको समयमा लुकीछीपी भित्रिनेका कारण जोखीम बढ्ने भएकाले उच्च सर्तकता र सुरक्षा अपनाईएको जानकारी दिनु भयो ।
भारतबाट पशुपतिनगर हुँदै नेपाल प्रवेश गर्दै गरेका २० जनालाई भारत नै फर्काइयो
