‘इलामका क्वारेन्टाइनमा बसेका भन्छन चिसो भुईमा कसरी बस्नु ? इलाम नगरपालिका भन्छ सकेको ब्यवस्था गरेकै छौ’

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति स्वास्थ्य/शिक्षा

इलाम: इलाममा बनाइएका क्वारेन्टाइनमा बसेकाहरुले चिसो भुईमा बस्नु पर्दा समस्या भएको बताएका छन् । इलाम बजारमा रहेको जिल्ला समन्य समितिको नयाँ सिमेन्टेट भवनमा बनाईएको क्वारेन्टाइनमा बसेकाहरुले चिसो भुईमा बस्नु पर्दा आफहरु समस्यामा परेको बताएका हुँन ।

चिसो मौसममा चिसो भुईमा बस्नु पर्दा अन्य रोगको संक्रमण समेत बढ्न सक्ने उनीहरुले बताएका छन । एउटा कोठामा ४ देखि ६ जना सुताइएकाले गाह्रो भएको क्वारेन्टाइनमा बसिरहेकाहरुले बताएका छन । महिनामा बैशाख भएपनी इलाममा अहिले पनि चिसो मौसम भएकोले राम्रो ओढ्ने ओछ्याउने समेत ब्यवस्था नगरी सिमेन्टको भुईमा एक म्याट् र पातलो ब्याङकेटका भरमा रखिएकोले समस्या भएको बताएका छन । काठमाण्डौँ र बिराटनगरबाट ल्याइएकाहरु सबैलाई एउटै भवनमा सुताए पछि संक्रमणको समेत चिन्ता बढेको क्वारेन्टाइनमा बसेकाहरुले गुनासो गरिरेहका थिए ।
काठमाण्डौमा रोजगार गर्ने तथा अध्ययन गरिरहेकाहरु कोरोना कहरमा परिबार संगै हुने आशाले घर भएका हुन । यसरी आएकाहरु क्वारेन्टाइनमा चिसोको समाना गरेर बसिरहेका छन । एउटै कोठमा धरै जना बस्नुपर्दा उनिहरु आफै संक्रमण चिन्ता थपिएको बताउछन । क्वारेन्टाईनमा बसेकाहरु मध्ये केहीले समाजिक सन्जलमा समेत दुखेसो पोख्दै बसाईमा समस्या भएको बताएका हुन । २५ जनालाई यहाँको क्वारेन्टाईनमा राखिएको छ । क्वारेन्टाइनमा बालबालिका र महिलाहरुसमेत रहेका छ्न ।
यता इलाम नगरपालिका प्रसासकीय अधिकृत रामकुमार शाहले संकटको बेलाको बसाईमा केहि समस्या हुनु सामान्य भएको बताउनु भयो । उहाले बिहान चिया देखी खाना खाजा सहितको प्रबन्ध गरिएको बताउदै स्थानीय स्तरबाट ईिने सुविधा दिएको जानकारी दिनु भयो । अधिकृत शाहले भन्नु भयो ‘क्वारेन्टाइनमा बस्दा घरमा जस्तो त कहा हुन्छ र ? केहि त सहनै पर्छ । ’ क्वारेन्टाईनमा भएकाहरुलाई समेत आफ्नो आफ्नो पालिकाको क्वारेन्टाइनमा पठाउने काम समेत भईरहेको जानकारी समेत शाहले दिनु भयो । उहाले क्वारेन्टाईनमा बस्नेहरु चुप लागेर नबसी दिदा र एक अर्कामा भेटघाट गरिरहने गरेकाले समस्या गराईरहेको बतानु भयो ।

यता क्वारेन्टाईनमा रहेकाहरुले चिसो भुईमा बस्नु पर्दा बस्न नसकेर बाहिर निस्कनु परेको बताएका छन् । क्वारेन्टाईन इन्चार्ज दिपक पौडेलले क्वारेन्टाईनमा केहि समस्या रहे पनि सके सम्म ब्यवस्थापन गरिरहेको जानकारी दिनु भयो । चिसो भुईमा बस्नु पर्दा बस्नेलाई केहि समस्या भएको जानकारी दिदै एक दुई दिन भित्रमा बाथरुमको समेत ब्यवस्था गरिने बताउनु भयो । उहाले क्वारेन्टाईनमा बस्नेहरुले पनि क्वारेन्टाईनको नियम पालना गर्नु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.