नेपाली कांग्रेसद्वारा माङसेबुङ गाउँपालिकालाई एक लाख पचास हजार सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति स्वास्थ्य/शिक्षा

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकालाई नेपाली कांग्रेस माङसेबुङ गाउँ समितिले १ लाख ५० हजार ५ रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।सोमबार माङसेबुङ गाउँपालिकाको कार्यालयमा नेपाली कांग्रेस गाउँ समितिले राहतस्वरुप सो रकम उपलब्ध गराएको हो ।

गाउँ समिति सभापति इन्द्र सम्बाहाम्फेले सहयोग रकम माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी र लेखा अधिकृत मञ्जु भट्टराईलाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका थिए ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित असंगठित मजदुर, विपन्न, असक्त परिवारलाई राहत दिन सहयोग गरेको नेपाली कांग्रेस गाउँ सचिव सुमन खनालले बताए ।

पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको स्वेच्छिक सहयोगमा संकलिन रकमबाट गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको उनले जानकारी दिए ।कार्यक्रमपछि संक्षिप्त मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष इदिङ्गोले सहयोगका लागि नेपाली कांग्रेसलाई धन्यवाद ज्ञापन दिए । उनले यो महामारीलाई नियन्त्रण गर्न सम्पूर्ण राजनीतिक दलसहित गाउँबासीहरु एक भएर अगाड बढ्न अपिल समेत गरे ।

यसअघि गाउँपालिकालाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गाउँ कमिटिले १ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो ।माङसेबुङ गाउँपालिकाले पहिलो चरणमा १ हजार १ सय ८६ घरपरिवारलाई राहत दिइसकेको छ । दोस्रो चरणमा राहत वितरणका लागि कोषमा ५० लाख रुपैयाँको व्यवस्थापन गरिसकेको छ । अन्य विभिन्न व्यक्ति र संस्थाहरुबाट सहयोग जुट्ने क्रम समेत जारी रहेको अध्यक्ष इदिङ्गोले जानकारी दिए । नयाँ बुल्न्दबाट

Leave a Reply

Your email address will not be published.