विष्फोटक पदार्थ सहित बिप्लव समूहका इलाम इन्चार्ज र कार्यकर्ता पक्राउ

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

इलाम: इलामको माई नगरपालिका–९ बोरुङमा ठुलो परिमाणमा विष्फोट पदार्थ सहित नेत्र विक्रम चन्द विप्लब नेतृत्वका जिल्ला इन्चार्ज र २ जना कार्यकर्ता पक्राउ परेका छन् ।

नेपाल प्रहरीको विशेष सुराकीका आधार शसस्त्र प्रहरी समेतको टोलीले सोमबार राती ११ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा संखुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ बर्षिय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ बर्षिय पासाङ तामाङलाई विष्फोटक पदार्थ र त्यसका लागि प्रयोग हुने सामाग्री सहित पक्राउ गरेको इलामका प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार उनीह?को साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम १ थान, ग्रिनेड १ थान, टुकि बम १ थान, पाइपमा फिट गरिएको बम १ थान, डेथ कड ६७ फिट, बम बिष्फोटमा प्रयोग हुने मिटर र रिमोट ४ थान, विभिन्न प्रकारका बिष्फोटक पदार्थ, चक्कु तथा दस्तावेजह? फेला पारिएको छ । पक्राउ परेका तिनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय इलाम ल्याइपु¥याइएको छ ।

Leave a Reply

Your email address will not be published.