इलाममा दुई सामाजिक अभियन्ताले अप्ठयारोमा परेकालाई निःशुल्क भोजन गराउदै, ४० औं दिनमा अनुगमन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन राजनीति स्वास्थ्य/शिक्षा

इलाम :

इलामका दुइ सामाजिक अभियन्ता देवी पौडेल र सुमन श्रेष्ठले संचालन गरेको निशुल्क इलामेली किचनले ४० औं दिनको निशुल्क भोजनको संयोजन गरिरहदा किचनको ब्यबस्थापन पक्षको आज अनुगमन गरिएको छ ।

उच्च अदालत विराटनगर,इलाम इजलासका माननिय न्यायाधीस अच्युट विष्ट,इलाम नगरपालिकाका मेयर महेश वस्नेत,जिल्ला प्रहरी प्रहरी कार्यालय इलामका प्रमुख हिरा वहादुर पाण्डे,ससस्त्र प्रहरी बल इलामका प्रमुख रोशन श्रेष्ठ,पशुपती प्रसाद गण इलामका प्रमुख सेनानी प्रभात थापा,जिल्ला सरकारी वकिल कार्यालय इलाम,जिल्ला न्यायाधिवक्ता युवराज महत लगायत विभिन्न राजनितिक दलका पार्टी प्रतिनिधीहरुको उपस्थितीमा निशुल्क इलामेली किचनको आज अनुगमन गरिएको हो ।

जनप्रतिनिधी र विभिन्न सरकारी कार्यालयका अधिकारीहरुको उक्त समुहले किचनमा पाक्ने दाल,चामल,तराकरी मासु लगायतको गुणस्तरको साथै किचन संचालनको व्यवस्थापन पक्षको समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा किचनमा रहेका सवै खानेकुराहरु गुणस्तरिय नै रहेको पाइएको इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतले वताउनुभयो ।

लकडाउन सुरु भएको चार दिन पछि अर्थात चैत १५ गते वाट निरन्तर संचालन भइरहेको निशुल्क इलामेली किचनले लकडाउनका कारण समस्यामा परेका गरिव,अशक्त,रोजगारी गुमाएका मजदुर,अस्पताल आउने विरामी,होटल बन्द भएका कारण भोकै परेका विरामी कुरुवा लगायतको भोक मेटाउने काम गरिरहेको छ ।

पछिल्लो समय इलाम नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुलाई समेत निशुल्क इलामेली किचनले नै भोजनको व्यवस्थापन गरिरहेको छ । निशुल्क इलामेली किचनका संचालक एवं होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलका अनुसार लकडाउन सुरु भए यता निशुल्क इलामेली किचनले करिव ४ हजार जनाको भोक मेटाउने काम गरेको छ ।

पछिल्लो समय किचन संचालनको निरन्तरताका लागि इलाममा सहयोगी हातहरु समेत अगाडि आइरहेकोले गरिवको भोक मेटाउन आफुहरुलाई थप सहयोग पुगेको निशुल्क इलामेली किचनका संचालक सुमन श्रेष्ठले वताउनुभयो । संकटको यस घडीमा गरिवको भोक मेटाइरहेको निशुल्क इलामेली किचनले भौतिक सहयोग वाहेक कुनै पनि क्षेत्रवाट आएको आर्थिक सहयोग नलिने यस अघि नै घोषणा गरिसकेको छ ।

सीता निराैलाकाे फेसवुक वालवाट ।उहाँ विविसी नेपाली सेवामा कार्यरत हुनुहन्छ ।

Leave a Reply

Your email address will not be published.