नेपाली कांग्रेस इलामका सचिव खड्गी र नेविसंघ अध्यक्ष भट्टराई पक्राउ

  • 446
    Shares
नेपाली कांग्रेस इलामका  सचिव खड्गी र नेविसंघ अध्यक्ष भट्टराई पक्राउ

इलाम : नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गी र नेपाल बिद्यार्थी संघ इलामका अध्यक्ष प्रकाश भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति बिरोध गर्न इलाम चोक बजारमा भेला भएका उहाँहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
सचिव खड्गी र कार्यबाहक भट्टराईलाई प्रहरीले पक्राउ गरेर गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको छ ।
सार्वभौमिकता र अखण्डताको सम्मान गर्न र अतिक्रमणकारी कदम त्याग्न आग्रह गर्दै नेपाली कांग्रेस इलामले बिरोध गर्न भेला भएका मध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । लोकतन्त्रमा बोल्न र बिरोध गर्न पाउने हक भए पनि इलाम प्रहरीले दिउशैबाट बाक्लो रुपमा प्रहरी परिचालन गरेर कार्यक्रममाथी हस्तक्षेप गरेको कांग्रेस कार्यत्रर्ताको आरोप छ । उनीहरुले बोल्न पाउने हक समेत खोसेको भन्दै बिरोध गरेका छन् । नेपाली कांग्रेस इलामले भातृसस्था सहित बिरोध गर्न सुरु गरेको थियो ।