नेविसंघ इलाम द्धारा सीमा रक्षा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Breaking News Hot News Mukya Samachar Trending प्रदेश नं. १ राजनीति

‘लिपुलेक हाम्रै हो’

इलाम : नेपाल बिद्यार्थी संघ इलामले सीमा रक्षा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । नेबिसंघले जिल्ला प्रशासन कार्यलय इलाम मार्फत प्रधानमन्त्रीलाई आज ज्ञापन पत्र पठाएको हो
लिपुलेक कालापानी जस्ता सीमा क्षेत्र रक्ष ागर्न माग गर्दै नेबिसंघले देशैभरीबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । यसै शिलसिलामा नेबिसंघ इलामले भारतले गरेको नेपाली भूमी अतिक्रमण गरेर भारतिय राजमार्ग निर्माण गर्दा समेत सरकारले राष्ट्रियताको पक्षमा अडान लिनु पर्ने , आफनो भूमी तत्काल फिर्ता गर्नु पर्ने लगायतका माग राखेर ज्ञापन पत्र बुझाएको नेबिसंघ इलामका कार्यबाहक अध्यक्ष प्रकाश भटटराईले जानकारी दिनु भयो ।

संघले राष्ट्रियताको पक्षमा आवाज उठाउँदा नेविसंघका नेता कार्यकर्ताहरु गरिफतारी गरेको भन्दै सरकारको चर्को आलोचना समेत गरेको छ ।संघले नेपाली भूमि हडप्ने गरी सन २०१५ मा वेइजिङ्गमा भारत र चीनले गरेको सहमति घोर आपत्तिजनक भएको जनाएको छ ।
सरकारले राष्ट्रियताको पक्षमा कदम नचाले सरकारको लम्पसारवादी प्रवृत्तिको विरुद्ध नेविसंघले आन्दोलनको थप आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । इलाममा केहि दिन अघि सीमा मिचीएको बिषयमा बिरोध प्रदर्शन गर्ने तयारी गर्दै गर्दा काग्रेस नेता निरोज खड्गी र नेबिसंघ कार्यबहाक अध्यक्ष भट्टराईलाई प्रहरीले पक्राउ गरी छोडेको थियो ।

Leave a Reply

Your email address will not be published.