नेपाली भूमी अतिक्रमणको बिरोधमा फिक्कलमा नेपाली कांग्रेसको विरोध ¥याली

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति स्वास्थ्य/शिक्षा

फिक्कल: नेपाली भूमि अतिक्रमण गरेर भारतले दार्चुलाको कालापानी क्षेत्रमा बाटो खोलेकोप्रति नेपाली कांग्रेस सूर्योदय नगर समितिले विरोध गरेको छ ।

कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको नेपालको भूमि भारतले अतिक्रमण गरेर सडक विस्तार गरेको भन्दै कांग्रेसले विभिन्न प्लेकार्ड बोकेर फिक्कल बजार परिक्रमा गरेको हो । सहभागिहरुले भारतिय विस्तारवाद मुर्दावाद, लिपुलेक, लिम्पियाधुरा र कालापानाी हाम्रो हो, भारतिय दादागिरी बन्द गर, मिचिएको जमिन फिर्ता गर लगायतका प्लेकार्ड बोकेका थिए । लकडाउनको समयमा ¥याली गरेको भन्दै शसस्त्र प्रहरी र जनपदले भिडलाई रोकेपछि सहभागिहरुले फिक्कल हस्पिटल नजिकै कोणसभा गरेका थिए ।

कोणसभालाई सम्वोधन गर्दै नेपाली कांग्रेस इलाम क्षेत्र नं १ का क्षेत्रिय सभापति दुर्गा बरालले अतिक्रमण गरेको भु–भाग फिर्ता नगरे घरघरबाट सैनिक उत्पादन गरेर लड्न तयार रहेको चेतावनी दिए । प्रधानमन्त्री जस्तो पदमा बसेको मान्छेले अतिक्रमणको बारेमा थाहा नपाउनु लज्जास्पद भएको बताए ।

उनले नेपालले गरेको सन्धी सम्झौतामा उल्लेख भएका बिषयहरु हेर्न भुमि सुधार मन्त्री पद्मा अर्याललाई ध्यानर्कषण गराए । उनले भारतले फेरी पनि नेपाली भुभागमा आँखा गाडे टिस्टा काँगडा जसरी लड्न तयार रहेको उनले बताए । नेपालको भूमिमा सडक विस्तार गरेर उद्घाटन गर्दासमेत नेपाल सरकारले चाल नपाउनु गम्भीर विषय रहेको बताउदै दुई तिहाईको नामको कम्युनिष्ट सरकार भारतसँग बोल्न नसकेको उल्लेख गरे ।

नेपाललाई सबै भन्दा बढी खतरा भारतबाट रहेकाले आफ्नो भूमि संरक्षणका लागि सबै नेपालीबीच एकता आवश्यक रहेको बताए । कालापानी क्षेत्रबाट मानवसरोवर जोड्ने गरी भारतले विस्तार गरेको बाटो भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.