भारतीय प्रधानमन्त्री मोदीलाई अखिल इलामको रगतको चिठ्ठी

  • 76
    Shares
भारतीय प्रधानमन्त्री मोदीलाई अखिल इलामको रगतको चिठ्ठी

नेपालको सीमाना नमिच

इलाम: सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नक्सा सार्वजनिक गरेकै दिने सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू जिल्ला कमिटि इलामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखिएको पत्र पठाएको छ । अनेरास्ववियूका ९ जना विद्यार्थी नेताहरुले नेपालको मिचिएको सिमा फिर्ताको माग गर्द रगतको लेखेको पत्र इमेल मार्फत प्रधानमन्त्री मोदी, नेपाल स्थित भारतीय राजदुतावास र अन्य कुटनैतिक नियोगमा पठाएका हुन् ।

कोरोना भाइरसका कारण रगतले लेखिएको पत्र तत्काल इमेल मात्र गरिएको अनेरास्ववियू इलामका जिल्ला सदस्य मिलन खत्रीले बताए । ‘ प्रशासन मार्फत राजदुतलाई पठाउने तयारी गरिएको थियो । तर कोरोनाका कारण संक्रमणको खतरा महसुसपछि अहिले इमेल गरेका छौ । पछि सक्कल प्रति अनेरास्ववियू केन्द्रिय कमिटी मार्फत पठाउने छौ ।’ उनले भने ।
पत्र अनेरास्ववियूका केन्द्रिय सदस्य रविन्द्र सुवेदी, जिल्ला संयोजक प्रवेश पराजुली, जिल्ला कमिटि सदस्यहरु मिलन खत्री, नारायण श्रेष्ठ, डिकेन्द्र दाहाल, सचिन रायमाझी, सुशान्त चापागाई, मनिषा अधिकारी र अर्जुन योङहाङको रगतले लेखिएको हो । पत्र मोदीको इमेल narendramodi1234@gmail.com भारतीय दुतावासको इमेल amb.kathmandu@mea.gov.in र भारतको परराष्ट्र मन्त्रालय एवम अन्य कुटनैतिक नियोगको इमेलमा पठाइएको खत्रीले जानकारी दिए ।