कोरोना संक्रमित क्षेत्रमा युद्धस्तरको काम गर्न प्रधानमन्त्रीको निर्देशन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति स्वास्थ्य/शिक्षा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी फैलिदो अवस्थामा रहेको भन्दै कोरोना संक्रमित क्षेत्रमा रोकथाम तथा नियन्त्रणका लागि युद्धस्तरमा काम गर्ने बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी रोक्नका लागि आवश्यक काम गर्ने र उचित काम गर्न नसक्ने जुनसुकै नेतृत्वलाई परिवर्तन गर्ने समेत जानकारी दिए । कुनै पनि विषयले कोरोनाविरुद्धको युद्धलाई कमजोर नपार्ने भन्दै उनले भने,‘मानिसको जीवन नै सबैभन्दा ठूलो कुरा हो ।’

मुलुकबाहिर रहेका नेपालीहरु घर फर्कने क्रम शुरु भएको भन्दै प्रधानमन्त्री ओलीले धेरै नेपाली रहेका मुलुकका सरकारप्रमुखसँग आफूले कुरा गरिरहेको समेत जानकारी दिए ।

उनले स्वदेश फर्कन चाहने नेपालीलाई तत्काल नेपाल ल्याउन आवश्यक आदेश सरकारले जारी गर्ने समेत बताएका छन् ।सजिलो

Leave a Reply

Your email address will not be published.