अनेरास्ववियू इलामको विवाद केन्द्रमा , एक समुहले पठायो कारवाहीको पत्र

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम : अनेरास्ववियू इलाम जिल्ला कमिटीका संयोजक प्रवेश पराजुली र केन्द्रिय सदस्य रविन्द्र सुवेदीलाई कारवाहीको माग सहित अनेरास्ववियू इलामका एक समुहले केन्द्रिय कमिटीलाई पत्र पठाएको छ । अनेरास्ववियूका केन्द्रिय सदस्य शन्धिभक्त शंकर, केन्द्रिय निर्वाचन आयोग सदस्य ईश्वरी तामाङ, जिल्ला सह–संयोजक विपिन पोख्रेल लगायत जिल्लाका ५४ जना विद्यार्थीहरुले हस्ताक्षर सहितको पत्र पठाएको हो ।

भारतीय प्रधानमन्त्री मोदीलाई अनेरास्ववियू इलामको रगतको चिठ्ठी


पत्रमा संयोजक पराजुली र केन्द्रिय सदस्य सुवेदीले संगठनको विधान विपरीत एकतामा नै आँच आउने गरी एकल ढंगबाट संगठनको गतिविधी संञ्चालन गरेको आरोप लगाईएको छ । “नेपाल सरकारले ऐतिहासिक रुपमा जारी गरेको नक्साको विषयलाई लिएर संगठनका केन्द्रिय सदस्य रविन्द्र सुवेदी र संगठनका जिल्ला संयोजक प्रवेश पराजुली लगायत अन्य ७ जना कमरेडहरुको औठाछाप भएको मोदीलाई रगतले लेखेको चिठ्ठि हामीले फेसवुकमा देख्यौँ ।” पत्रमा लेखिएको छ–“तर संगठनकै केन्द्रिय सदस्य शन्धिभक्त शंकरले तयारीका साथ सबै साथीहरुलाई सभागी गराएर गरौँ भन्दा भन्दै छद्म शैलीमा एकतालाई लत्याएर सदरमुकाममा नै रहनुहुने अन्य कमरेडहरुलाई थाहा नै नदिई गरिएको यो कार्य निन्दानीय रहेको छ । संगठनको विधी र पद्तीलाई नै लत्याएर गरिएको यस गतिविधीका नेतृत्वकर्ताहरुलाई कारवाहीको माग गर्दछौँ ।”

‘रगतको पत्र’ ले अनेरास्ववियूको आन्तरिक कलह सतहमा


यस्तैगरी संगठनको विधान र एकताको मर्म विपरित साविक अनेरास्ववियुका जिल्ला कमिटी कोषाध्यक्ष विप्लव थापाले संगठनको आधिकारीक फेसबुक ग्रुपमा स्टाटस पोष्ट गरेको भन्दै सोही पत्र मार्फत कारवाहीको माग पनि गरिएको छ । थापाले “पार्टी एकता गरेर माओवादीका छापामार विद्यार्थी नाम गरेकाहरुलाई चाई नमिसाउन मिल्दैन ? संगठन कै ईज्जत फालिसके” भन्दै स्टाटस पोष्ट गरेका थिए । अनेरास्ववियूका संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङलाई सम्वोधन गरेर लेखिएको पत्रमा तत्कालिन अनेरास्ववियु र अनेरास्ववियु९क्रान्तिकारी० दुबै तर्फका ५४ जना जिल्ला नेताहरुको हस्ताक्षर रहेको छ ।

गत जेठ ७ गते सुवेदी र पराजुलीको नेतृत्वमा अनेरास्ववियूको एक समुहले नेपालको मिचिएको सिमा फिर्ताको माग गर्द रगतको लेखेको पत्र इमेल मार्फत प्रधानमन्त्री मोदी, नेपाल स्थित भारतीय राजदुतावास र अन्य कुटनैतिक नियोगमा पठाएपछि विवाद बाहिर देखिएको थियो । केन्द्रिय सन्धीभक्त शंकर र जिल्ला सह–संयोजक विपिन पोख्रेलले त्यो कामलाई गुटको रक्षाका लागि संगठनलाई ओझेलमा पार्ने प्रयासको रुपमा आरोप लगाउदै सामाजिक संजालमा पोष्ट गरेपछि विवाद बाहिर आएको थियो । केन्द्रिय अध्यक्ष ऐन महरले केन्द्रसँगको समन्वय पत्र लेख्ने काम भएको बताएका थिए । सहसंयोजक रन्जित तामाङले रतगले पत्र लेख्ने कार्य विधि र पद्धती अनुसार संस्थागत नभएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published.