बेरोजगारी समस्या हल गर्न सूर्योदय–६ मा स्वरोजगार कार्यक्रम सुरु

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

गोपाल गिरी,कन्याम : कोरोनाका कारण २ महिना भन्दा बढि समय देखी रहेका लकडाउनको कारण जनजीवन कष्टकर बनिरहेको अवस्था सूर्योदय नगरपालिका–६ ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु गरेको छ ।

गत वर्ष प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत फाराम भरेका सहभागी हरु मध्ये बाट रोजगार मा सामेल हुन चाहनेलाई आज बाट १ महिना सम्म विभिन्न काम दिलाई रोजगार बन्ने अवसर प्रदान गरेको हो । उक्त कार्यक्रमको आज सुर्योदय नगरपालिका का प्रमुख रणबहादुर राईले एक समारोह का बीच उद्घाटन गरेका छन्।

जनशक्ति अभावका कारण अन्य वडामा यस कार्यक्रम सन्चालन हुन नसकेको भए पनि वडा नं ६ मा कार्यक्रमले निरन्तरता पाएको भन्दै नगर प्रमुख राईले सफल बनाउन सवैले सहयोग गर्नुपर्ने बताए ।
जम्मा ९२ जनाको नामावाली प्रकाशित भए पनि प्रक्रिया पुगेको ५०जना विभिन्न उमेरका बेरोजगार हरुले वडा कार्यालय सम्म पुग्ने बाटो निर्माण ,सोलिङ तथा फूलबारी निर्माण लगायत कार्यमा समूह बिभाजन गरि काममा खटाईने उपभोक्ता समिति का अध्यक्ष देवि गजुरेलले बताएका बताए ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत १०लाख बजेट बिनियोजित भएको बताईएको छ। नजिकको सरकार भनेर चिनिने स्थानीय सरकार ले राहत लगायतका कार्यक्रम मार्फत अति विपन्न तथा खान लाउन नै कठिनाइ भोगिरहेका हरुको दैनिकीमा मल्हम लगाउने प्रयत्न गरेको वडाध्यक्ष शिबकुमार बस्नेतले बताए ।
कन्याम क्षेत्रमा संचालित घोडचढी व्यावसाय,ट्रली व्यावसाय तथा विद्यालय हरु समेत बन्द हुदा निजी शिक्षक को रुपमा कार्यरत हरु समेत बेरोजगार भएको छन् । साविक ३, ४,५ र ६वडाका ५० जना ले रोजगार प्राप्त गरेको छन जसले अस्थायी रुपमा भए पनि बेरोजगारी समस्याको सम्बोधन हुने बस्नेतले बताए ।

उद्घाटन कार्यक्रमको सन्चालन वडा सचिव किशोर अधिकारी ले गरेका थिए भने स्वागत मन्तव्य वडा सदस्य बीरबहादुर भूजेलले राखेका थिए ।

Leave a Reply

Your email address will not be published.