इलामको चियाबारीमा रहेको मुर्ति तोडफोडमा संलग्नलाई कारवाही गर्न चुम्लुङको माग

  • 8
    Shares
इलामको चियाबारीमा रहेको मुर्ति तोडफोडमा संलग्नलाई कारवाही गर्न चुम्लुङको माग


इलाम: इलाम जिल्लाको इलाम नगरपालिका–७ चियाबारी डाँडामा निर्मित लिम्बू समुदायको पहिचान झल्काउने मुर्तिहरु तोडफोडको घटनामा संलग्नलाई खोज तलसा गरि कारवाही गर्न किरात याक्थुङ चुम्लुङले मा गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै तोडफोडमा संलग्न अपराधीलाई तुरुन्त खोजतलास गरी कानुन बमोजिम हदै सम्मको सजाय गर्न माग गरेको हो । सो घटनालाई समग्र लिम्बु समुदाय माथिको प्रहारको रुपमा लिएको जनाएको छ ।

चुम्लुङको विज्ञप्तीमा भनिएको छ । ‘ सार्वजनिक सम्पत्तिको रुपमा स्थापित लिम्बू समुदायको पहिचान झल्काउने मुर्ति तोडफोकको घटना नियतवस गरिएको असामान्य र आपराधिक घटना हो । यो घटनालाई किरात याक्थुङ चुम्लुङ इलामले समग्र लिम्बू समुदाय माथिको प्रहारको रुपमा लिएको छ ।’ इलाम नगरपालिकाको सहयोगमा भालुढुंङ्गा सामुदायिक पर्यटन प्रबर्धन विकास संस्था इलामले पर्यटन विकासको लागि स्थापना गरेको लिम्बू समुदायको पहिचान झल्काउने मुर्तिहरु गत सोमबार राती अज्ञात समुहले तोडफोड गरेको थियो
तोडफोडको घटनाको जिल्लाका विभिन्न सरोकारवाला संघसंस्था तथा पर्यटन व्यवसायहीहरुले निन्दा र भ्रत्सर्ना गर्दै दोषीलाई कडा कारवाही गर्न सम्बन्धित पक्षसँग माग गरिरहेका छन् ।