पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सुसेलीको पहलमा इलामका ५५ जना पत्रकारको कोरोना बिमा

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति स्वास्थ्य/शिक्षा

इलाम: इलामका ५५ जना पत्रकारको कोभिड नि:शुल्क बिमा गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को जोखीम मोलेर सक्रिय रुपमा काम गरिरहेको जिल्लाका ५५ जना पत्रकारको पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेलीको पहलमा कोभिड नि:शुल्क बिमा गरिएको हो ।
कोरोनाको संक्रमण बढदै गई रहेको अवस्थामा फ्रन्टलाईनमा रहेर काम गर्दा पत्रकार समेत जोखीममा पर्ने भएकाले पत्रकारको नि:शुल्क बिमा गरिएको पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेलीले जानकारी दिनु भयो ।
उपाध्यक्ष सुसेलीका अनुसार जिल्लामा संचालित एफ.एम.रेडियोबाट ५ जनाका दरले दैनिक पत्रिका र अनलाईनबाट ३/३ जनाका दरले र राष्ट्रिय मिडियामा जिल्लाबाट काम गर्ने पत्रकारको गरी जम्मा ५५ जनको बिमा आईएमई जनरल इन्सोरेन्समा गरिएको छ ।
कोभिड १९ को पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा पत्रकारले कोरोना बिमा बापत १ लाख रुपैया पाउने छन् । उपाध्यक्ष सुसेलीले बिमाको पक्रिया पुरा गरी कागजपत्र प्राप्त गरिसकेको जानकारी दिनु भयो ।
उपाध्यक्ष सुसेलीले भन्नु भयो‘थप पत्रकारको पनि केहि दिनमा बिमा गरिने छ , जोखीम बढी रहेकाले पत्रकारको बिमा गरिएको हो ।’ उपाध्यक्ष सुसेलीले शुक्रबार औपचारीक कार्यक्रम गरेर बिमाको कागज पत्र सम्बन्धीत पत्रकारलाई हस्तान्तरण गरिने जानकारी दिनु भयो ।
यस अघि इलाममा संचार संस्था र संचारकर्मीलाई प्रेस संगठनले स्वास्थ्य सामग्री बितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published.