प्रेस युनियन पाँचथरद्वारा प्रेस ज्याकेट बितरण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति सूचना प्रविधि स्वास्थ्य/शिक्षा

फिदिम :नेपाल प्रेस युनियन पाँचथर शाखाले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई निशूल्क रुपमा प्रेस ज्याकेट वितरण गरेको छ । पत्रकारलाई रिपोर्टिङ गर्न सहज होस् भन्ने उद्धेस्यका साथ युनियनले जिल्लामा क्रियाशिल पत्रकारलाई ज्याकेट बितरण गरेको हो ।

युनियन पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जिल्लाका सबै क्रियाशिल पत्रकारलाई निशूल्क रुपमा ज्याकेट प्रदान गर्ने निर्णय गरेपछि ज्याकेट बितरण गरिएको हो । युनियनमा आबद्ध क्रियाशिल पत्रकारलाई शुक्रबार नै ज्याकेट प्रदान गरिएको हो ।

‘पाँचथरका ५० जना पत्रकारलाई ज्याकेट बितरण गर्ने तयारी हो,’ अध्यक्ष बाँस्कोटाले भने ‘धेरैजसो साथीहरुले ज्याकेट लगिसक्नुभएको छ ।’ लकडाउन जस्तो असहज परिस्थितिमा पहिचान नखुलेकै कारण पत्रकारहरु समस्यामा पर्ने गरेको थिए । पहिचान नखुलेकै कारण पत्रकारहरु अनावश्यक समस्यामा नपरुन भन्दै युनियनले ज्याकेट बितरण गरेको हो । प्रेस ज्याकेट प्रयोग गर्न इच्छुक जिल्लाका सबै क्रियाशिल पत्रकारहरुलाई ज्याकेट प्रदान गर्ने युनियन पाँचथरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.