इलामको तुम्लिङमा एसएसबीले रोकेको काम स्थानीयको पहलमा शुरु

Breaking News Hot News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय प्रदेश नं. १ राजनीति

प्रेम अधिकारी
पशुपतिनगर (इलाम), असार ३ गते ।

इलामको पर्यटकियस्थल तुम्लिङमा भारतीय सीमा सुरक्षा बल ९एसएबी० ले रोकेको काम स्थानीयको पहलमा बुधबारबाट शुरु भएको छ ।
माईजोगमाई गाउँपालिका– २ स्थित तुम्लिङ नेपाली भूमिमा दुई महिनादेखि रोकिएको पर्यटकीय पार्क निर्माणको काम स्थानीयको पहलमा शुरु गरिएको हो । करिब दुई महिना अघिबाट रोकिएको काम माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको अगुवाईमा स्थानीय उपभोक्ता समितिले सुचारु गरेका हुन् । नेपाली भूमिमा पार्क निर्माण थालिए पनि भारतीय पक्षले

आफनो भूमि भन्दै काममा अवरोध गर्दै आएको थियो । गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा पुगेको स्थानीयको समूहले बुधबारबाट काम सूचारु गरेको छ । प्रदेश १ सरकारको लगानीमा थालिएको काम असार मसान्तमा सक्नुपर्ने भए पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरे पछि काम रोकिएको थियो । रोकिएको काम सुचारु गराउन गाउँपालिकाले पटक पटक जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल हेडक्वाटर इलाम, सीमा सुरक्षा बल पशुपतिनगर र सीमा प्रशासनलाई आग्रह गर्दा पनि प्रशासनले कुनै पहल नगरे पछि आफ्नै पहलमा काम थालिएको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जानकारी दिनुभयो । १५÷२० जना स्थानीय र उपभोक्ता समितिसहित पुग्नुभएका अध्यक्ष राईले एसएसबीसँग छलफल गरी काम थालिएको जानकारी दिनुभयो ।

छलफलमा भारतको मानेभञ्ज्याङबाट एसएसबीको टोली तुम्लिङ पुगे पनि स्थानीयले निर्माणाधीन क्षेत्र नेपालको पर्ने भन्दै काम गर्न दिइनुपर्ने बताएका थिए । स्थानीयले भारतीय पक्षले जबरजस्ती काम रोक्न खोजे आफूहरु सहेर नबस्ने बताएका छन् । पार्क निर्माण क्षेत्र दशगजा भन्दा करिब पाँचसय मिटर नेपाल तर्फनै पर्छ ।

प्रदेश सरकारको १० लाख रुपियाँ बजेटमा उपभोक्ता समितिमार्फत् सन्दकपुर–मानेभञ्ज्याङ्ग पर्यटकीय क्षेत्रमा पर्ने तुम्लिङ्ग क्षेत्रमा पार्क निर्माणको काम वैशाख महिनाको पहिलो साताबाट शुरु भएको थियो । पटक पटक छलफल गर्दा भारतीय पक्षले लिखित रुपमा काम गर्ने बारे पत्र माग्दै आएको थियो । माईजोगमाई गाउँपालिकाले आवश्यक समन्वय गरेर काम थालिएको र समस्या भए स्थानीय नागरिकले प्रतिकार गर्ने जनाएको छ ।

भारतीय पक्षले उक्त क्षेत्रको दशगजा मिचेर सुरक्षा पोष्ट नै स्थापना गरेर बसेको छ । भारतीय पक्षले सीमा प्रष्ट नभएको भन्दै विकासका काममा अवरोध गर्दै आएको छ । इलामको ५२ किलोमिटर सीमा क्षेत्रमा नेपाल भारतबीच सीमा समस्या विगत लामो समयदेखि कायम रहेको छ । गोरखापत्र अनलाईनबाट

Leave a Reply

Your email address will not be published.