इलामको देउमाईमा घरमा लुकाई राखेको बम बिष्फोट, मौषमका हातका औंला चुडीए

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम: इलामको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाईते भएका छन् ।
बिहीबार राती देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले द्धन्दकालका समय देखि लुकाई राखेको सकेट बम उहाका २५ बर्षीय छोरा मौषमले झिकेर खेलाउने क्रममा बिष्फोट भएको हो । उनले खेलाउदै गरेको बम बिष्फोट हुँदा मौषका दुवै हातका औंला चुडीएको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिसोर शाहले जानकारी दिए । मौषमको आँखामा पनि समस्या देखिएको छ ।
तत्कालिन बिद्रोही माओवादी र सेना बिच स्थानीय देवि डाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाए पछि घरमा लगेर लुकाई राखेको इन्सपेक्टर शाहले जानकारी दिनु भयो । उनलाई बम भन्ने थाहा नहुँदा घटना भएको प्रहरीले जनाएको छ । घाईते मौषमलाई उपचारका लागि झापाको बीएण्सी अस्पताल लगिएको छ । काठमाण्डौंमा फर्निचरको काम गर्दै आएका मौषम भएको लकडाउनका कारण घर आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.