नेपाल प्रहरीको आईजीपीमा शैलेश थापा

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध प्रमोसन राजनीति

काठमाडौं: एआइजी शैलेश थापा क्षेत्रीलाई गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ महानिरीक्षक९आईजीपी० सिफारिस गरेको छ । गृहमन्त्री मन्त्रालय स्रोतका अनुसार, वरिष्ठताका आधारमा थापालाई आईजीपीलाई पहिलो नम्बरमा सिफारिस गरिएको हो। त्यस्तै, आईजीपीको प्रतिस्पर्धामा थापासँगै अर्का एआईजी हरिबहादुर पाल पनि छन्। उनलाई गृहले दोश्रो नम्बर वरियता क्रममा सिफारिस गरेको छ।

मंगलबार दिउँसो ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकले थापालाई आईजीपीमा नियुक्ति गर्ने छ। गृह मन्त्रालयले सिफारिस गरे पनि प्रधानमन्त्रीले नचाहेको खण्डमा सिफारिस फेरिने गरेको विगत पनि छ। झन् अहिले सत्तारुढ दल नेकपाभित्रको विवादले गर्दा प्रचण्ड खेमाका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले गरेको निर्णयमा प्रधानमन्त्री ओली सहमत नहुन पनि सक्ने कतिपयको ठ्म्म्याई छ। तर वरिष्ठताको आधारमा थापा एक नम्बरमा भएको कारण वरियता अनुसार नै आईजीपी नियुक्तीको तयारी स्रोतको भनाई छ।

थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरी संगठनको नेतृत्व गर्नेछन्। बुधबार ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा हदका कारण अवकास पाउँदैछन्।

Leave a Reply

Your email address will not be published.