राष्ट्रिय परिचयपत्रका लागि इलाममा फोटो खिचाउने काम सुरु

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ राजनीति

इलाम : इलाममा राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने तथा विवरण इन्ट्री कार्य सुरु भएको छ । साउन १४ गतेबाट जिल्ला प्रशासन कार्यालय इलाममा उक्त कामको शुभारम्भ भएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देबीचरण फुएलका अनुसार गएको साउन ९ गते बाट जिल्ला प्रशासन कार्यालयमा छुटै शाखा स्थापना गरेर साउन १४ गतेबाट विवरण इन्ट्री गर्ने काम भईरहेको र हाल सम्मा ७० भन्दा बढिको विवरण इन्ट्री भइसकेको जानकारी दिए ।

उनले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले आवश्यक विवरण इन्ट्री भईसकेपछी राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्ने जानकारी दिए । राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने तथा विवरण इन्ट्री कार्यका लागी अनिबार्य सक्कल नागरिकताको आवस्यक रहेको छ । अहिले जिल्ला प्रशासन कार्यालय बाट तथ्यांक संकलनको काम भाईरहेको भएपनी केही समय पछीबाट जिल्लाका सबै स्थानियतहहरु बाट पनि काम हुने बताईएको छ । जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्य रहेको छ ।

राष्ट्रिय परिचय पत्र डिजिटल हुन्छ । राष्ट्रिय परिचय पत्रमा भएका विवरणहरु ‘रिडेबल मेसिन’ मार्फत हेर्न सकिन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर जिल्लामा परिचयपत्र वितरण गरेको थियो ।नयाँ बुलन्दबाट

Leave a Reply

Your email address will not be published.