पूर्व प्रधानमन्त्री झलनाथ खनालद्धारा आफ्नो निर्वाचन क्षेत्रका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति स्वास्थ्य/शिक्षा

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट नेकपाका वरिष्ठ नेता झलनाथ खनालले इलाम निर्वाचन क्षेत्र नम्बर १ लगायतका विभिन्न स्थानीय तहमा ८ सय थान पीपीई र १५ सय थान गगल्स वितरण गर्नुभएको छ । विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयलाई जोगिन सहज बनाउने उद्देश्यले वरिष्ठ नेता खनालले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।

वरिष्ठ नेता खनालले जिल्लाको सूर्योदय नगरपालिका–१० का अध्यक्ष पेमा उगेन लामालाई ८ सय थान पीपीई र १५ सय थान गगल्स वितरणका लागि हस्तान्तरण गर्नुभएको छ । वडाध्यक्ष लामाका अनुसार नेता खनालले हस्तान्तरण गर्नुभएका स्वास्थ्य सामग्री जिल्लाका सूर्योदय र माई नगरपालिका तथा सन्दकपुर, रोङ र माइजोगमाई गाउँपालिकाकासहित जिल्लाका सबै स्थानीय निकायहरुमा वितरण गरिनेछ ।

चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चाइनाको सहयोगमा वरिष्ठ नेता खनालले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामग्री हस्तानन्तरणका क्रममा नेता खनालले विश्वभर फैलिरहेको कोरोना महामारीका कारण इलामका जनतालाई परिरहेको अफ्ठ्यारोलाई सहजता होस् भन्ने उद्धेश्यले आफूले स्वास्थ्य सामग्री उपलब्ध गराएको बताउनुभयो ।

सामग्री वितरणका क्रममा वरिष्ठ नेता खनालले सरकारले कोरोना महामारी नियन्त्रणका लागि सरकारले लिइरहेका पहलकदमी ठिकै भएपनि जोखिमपूर्ण स्थानमा विशेष जोडका साथ लाग्न आवश्यक रहेको औंल्याउनुभयो।

Leave a Reply

Your email address will not be published.