इलामको समालबुङ र सलकपुरमा सशस्त्र प्रहरीको बीओपी

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध प्रदेश नं. १ प्रमोसन राजनीति

प्रेम अधिकारी,पशुपतिनगर(इलाम):

इलामको नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका ५ समालबुङ र रोङ गाउँपालिका ६ को दुर्गम सलकपुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो । नेपाल भारत सीमा क्षेत्रका बिभिन्न गतिबिधि हुँने यी क्षेत्रमा सीमा सुरक्षा संगै अवैध गतिबिधि नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको जनाईएको छ ।


दुबै स्थानका बीओपीकोसशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । बीओपी उद्घाटन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले स्थानीय समुदायको मन जित्ने गरी काम गर्न प्रहरीलाई आग्रह गर्नु भयो ।उहाले भन्नु भयो ‘ स्थानीय स्तरमा हुँने साननतिना समस्या स्थानीय नागरिक र प्रहरीको समन्वयमा हल गर्नु पर्छ ।’उहाले सीमा क्षेत्रमा स्थापना भएका बीओपीले नेपाल भारतको सीमा क्षेत्रमा रहेर सीमानाको रक्षा गर्नुका साथै स्थानीयलाई सुरक्षाको अनुभुती हुने गरी काम गर्न जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई निर्देशन समेत दिनु भयो । प्रहरी नायव महानिरीक्षक दाहालले पाँचथर , ताप्लेजुङ र झापाका सीमावर्ती क्षेत्रमा समेत चाडै बीओपी स्थापना गरिने जानकारी दिनु भयो ।


सोही अवसरमा इलामका प्रमुख जिल्ला अधिकारी सेडाईले सीमा क्षेत्रमा हुने अवैधानीक गतिविधि रोक्न सशस्त्रका बीओपीले महत्वपूर्ण भूमीका खेलने बताउनु भयो । प्रजिअ सेडाईले नेपाल भारत बिच सीमा क्षेत्रमा बिगत देखि नै सामीप्यता कायम रहे पनि अवैधानिक गतिबिधि भने पूर्या रुपमा बन्द गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘सीमानामा बसेको सशस्त्र प्रहरीले आफनो भूमीको रक्षा गर्दै , शान्ति सुरक्षाको प्रत्याभूती नागरिकलाई दिने हो ।’
रोङ गाउँपालिकाको दुर्गम सलकपुरमा बीओपी स्थापना गर्नका लागि स्थानीय लाखमान गम्देनले निःशुल्क पाँच रोपनी जग्गा उपलब्ध गराउनु भएको छ । इलाम जिल्ला भए पनि सलकपुर पुग्न झापा काकडभिट्टा भएर जानु पर्दछ । हिउदका समयमा इलामको हर्कटे बजारबाट सलकपुर पुगीए पनि बर्खा याममा उक्त सडक संचालनमा आउन नसकेका कारण घण्टौ लगाएर झापा हुँदै सलकपुर पुग्नु पर्ने बाध्यता रहेको छ ।
भारत तर्फ सीमा क्षेत्रमा प्रत्येक तीन÷तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प स्थापना गरिएएको भए पनि नेपाल तर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा नेपाल नेपाली भूमी अतिक्रमण बढनुका साथै ढुंगा, गीट्टी बालुवा जस्ता नदि जन्य बस्तुको समेत चोरी निकासी हुँदै आएको थियो । सलकपुर नजिकै रहेको मेची नदीको किनारबाट भारतीय नागरिकले अवैध रुपमा नदी जन्य बस्तुको उत्खनन र चोरी निकासी गर्दै आएकोमा उक्त क्षेत्रमा बीओपी स्थापना भए पछि ती प्रकारका गतिबिधि रोकीने अपेक्षा गरिएको रोङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मनिकुमार स्याङबोले बताउनु भयो । सलकपुर क्षेत्रबाट भारतीय नागरिकले नेपाली भूमीमा आएर काठ दाउरा समेत लैजाने गरेको पाईएको छ ।

यस्तै सूर्योदय नगरपालिका ५ को समालबुङमा स्थापना गरिएको बीओपी स्थापनाका लागि स्थानीय तारादेबी खत्री, मनोजकुमार खत्री, बिष्णु कुमार खत्री, टेकबहादुर खत्री, गंगा खत्री, धनकुमार खत्री र कुलबहादुर खत्रीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनु भएको छ । उक्त अवसरमा दुबै क्षेत्रका जग्गा दातालाई सम्मान समेत गरिएको छ ।
दुबै स्थानका जग्गा सशस्त्र प्रहरीको नाममा राजिनामा पासका लागि प्रक्रिया समेत अगाडी बढाईएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर १ गण हेडक्वाटर श्री अन्तु गुल्म इलामका सशस्त्र प्रहरी उपरीक्षक सुधीर जंग थापाले जानकारी दिनु भयो । यी क्षेत्रमा तत्काल टेण्डर आवहान गरी भवन निर्माणको प्रक्रिया थालिने जनाईएको छ ।
भारत संग सीमाना जोडीएका यी क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना भए पछि उक्त क्षेत्र भएर हुँने अवैध गतिबिधि रोक्न सकिने थापाले जानकारी दिनु भयो । ‘बिगतमै हुनु पर्ने काम थिए केहि ढिला भयो, हामीसीमा रक्षाका लागि आधार तयार गर्न रातदिन खटेका छौ’थापाले भन्नु भयो ।
प्रहरी उपरीक्षक थापाका अनुसार आगामी असोज महिना भित्रमा नेपाल भारत सीमा क्षेत्रको छब्बीसे, जौबारी , कालपोखरी र सन्दकपुरमा थप चार वटा बीओपी स्थापना गरि सकिने छ । सन्दकपुर लगायतका सीमा वर्ती क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्नका लागि ती क्षेत्रमा समेत जमिन र अस्थाई बसोबासका लागि संरचना खोजी गर्ने काम भैरहेको सशस्त्र प्रहरी बल (बीओपी) पशुपतिनगरका प्रहरी निरीक्षक नविन खतिवडाले जानकारी दिनु भयो । खतिवडाका अनुसार जौबारीमा बीओपी राख्नका लागि अस्थाई संरचना तय भैसकेको छ ।
इलाममा करिब १ महिना अघि सरुवा भई आउनु भएका सशस्त्र प्रहरी उपरीक्षक थापा र करिव डेढ महिना अघि बीओपी पशुपतिनगर आउनु भएका सशस्त्र प्रहरी निरीक्षक खतिवडाले बीओपी राख्नका लागि सीमा क्षेत्रका ६ वटै स्थानमा पुगेर पहल गर्नु भएको थियो ।
जिल्लामा आएको छोटै समयमा बीओपी स्थापना गर्न उहाहरुले सीमा क्षेत्रका स्थानीय देखि भारतीय सीमा सुरक्षाबल एसएसबी संग समेत समन्वय गर्नु भयो । भारतीय सीमा सुरक्षाबलका अधिकारी समेत नेपाली सुरक्षा निकायले यसरी फिल्डमै गएर समन्व गरेको यो नै पहिलो अनुभव भएको बताउने गरेका छन ।

इलाम जिल्लाको रोङ गाउँपालिकाको तिरीङ देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रका बिभिन्न स्थानमा सीमा बिवाद रहेको छ । छब्बीसे , हिले पुलखोला , सन्दकपुर लगायतका क्षेत्रमा भारतीय पक्षले नेपाली भूमी अतिक्रमण गर्दे आएका छन ।
इलामको नेपाल भारत सीमा क्षेत्रको पशुपतिनगरमा रहेको बीओपीले मात्र यी सम्र्पूण क्षेत्र हेर्दै आउदा समस्या भएकोमा थप दुईवटा बीओपी स्थापना गरिएपछि शान्ति सुरक्षा कायम गर्न सहज भएको इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले जानकारी दिनु भयो ।
यी क्षेत्रका बीओपी स्थापना भए पछि सीमा क्षेत्रका नागरिकले ढुक्क संग बस्न पाउने अवस्थाको शुरुवात भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले बताउनु भयो । चालु आर्थिक बर्षभित्रका प्रदेश १ को नेपाल भारत सीमा क्षेत्रका मा २२ वटा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिने जनाईएको छ ।
सशस्त्र प्रहरीको उक्त टोलीले सो अवसरमा सूर्योदयन गरपालिकाका नगर प्रमुख रण बहादुर राई र रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राई संग समेत भेटघाट गरी सीमावर्ती क्षेत्रको समस्याका बिषयमा छलफल समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published.